७ कार्तिक २०८३, शनिबार

नाकाबन्दीका बेला नेपाललाई सहयोग गर्न चीनले किन राख्यो सर्त ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chin Nepal Flagकाठमाडौं, ४ माघ । चीनले नेपालको विकासमा दीर्घकालीन प्रभाव पार्ने परियोजनामा फ्रेमवर्कसहित सघाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

र्थमन्त्री विष्णु पौडेलसँग आइतबार भएको भेटवार्तामा चीनका अर्थमन्त्री ली जुवेईले पूर्वतयारीका साथ फ्रेमवर्क बनाएर नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले नेपाल र चीनबीच इन्धन, व्यापार सम्झौता, पारवहन सन्धि, बिप्पा, फ्री व्यापारलगायत विषयमा सैद्धान्तिक सम्झौता भइसकेकाले होमवर्क गरिरहेको र त्यसबारे चाँडै निर्णय गर्ने बताए ।

रेल र सडकमा सहयोग गर्न आग्रह

एआइआइबीको उद्घाटन तथा बोर्ड अफ गभर्नरको बैठकमा भाग लिन आएका अर्थमन्त्री पौडेलले तिब्बत–काठमाडौं रेल, प्रसारण लाइन, सडक, एयरपोर्टमा लगानी गर्न चीनलाई आग्रह गरे ।

उनले जोमजोम–बेनी–पोखरा–लुम्बिनी रेलमार्गमा पनि लगानी गर्न आग्रह गरे । जवाफमा चिनियाँ अर्थमन्त्री लीले नेपाललाई प्राथमिकताका साथ सहयोग गर्न तयार रहेको बताए । ‘फ्रेमवर्क बनाएर टुंग्याउनुपर्छ भन्ने जवाफ चिनियाँ अर्थमन्त्रीज्यूको थियो,’ भेटवार्तामा सहभागी एक उच्च अधिकारीले भने ।

एआइआइबी नेपालमा लगानी गर्न आतुर

एआइआइबीका नवनिर्वाचित अध्यक्ष चिन लिछुनले नेपालमा चालू भएको वा हुनै लागेका महत्त्वपूर्ण परियोजनामा तत्काल लगानी गर्न सकिने बताए ।

आइतबार साँझ अर्थमन्त्री पौडेलसँग भएको छलफलमा उनले सम्भाव्यता अध्ययन गरिसकिएका दीर्घकालीन महत्त्व राख्ने परियोजनामा बैंक लगानी गर्न आतुर रहेको बताए । अध्यक्ष चिनले निजगढ विमानस्थल, फास्ट ट्रयाकजस्ता तत्काल काम थाल्न सकिने परियोजनामा मिलेर लगानी गर्न सकिने बताए ।