१४ कार्तिक २०८३, शनिबार

प्रहरी सहायक निरीक्षक सुब्बाको हत्यामा संलग्न पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-subbaसप्तरी, ३ माघ । सप्तरीको नर्घोस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको झुट्की–७ निवासी बिन्दुल यादवको छोरा अशोककुमार यादव रहेको प्रहरीले जनाएको छ । यादवलाई आजै जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरज खडकाले बताउनुभयो ।

साथै, सोही हत्यामा संलग्न भएका अन्य व्यक्तिको खोजी कार्य जारी राखेको बताइएको छ । प्रहरी सहायक निरीक्षक सुब्बाको गत पुस २० गते प्रहरी चौकी झुट्कीदेखि १०० मिटर दूरीमा उत्तरपट्टि पैदल जाँदै गरेको अवस्थामा मोटरसाइकल चढेर आएको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । रासस