१४ कार्तिक २०८३, शनिबार

मन्त्री पोखरेलद्वारा रिम्पोचेप्रति श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rimpocheकाठमाडौँ, ३ माघ । केही साताअघि दिवङ्गत हुनुभएका बौद्ध गुरु जड्रल रिम्पोचेको पार्थिव शरीरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले श्रद्धाञ्जलि दिनुभएको छ ।

दक्षिणकालीस्थित शेषनारायण गुम्बामा पुगी मन्त्री पोखरेलले आज बौद्ध गुरुलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

मन्त्री पोखरेलले स्वर्गीय बौद्ध गुरु रिम्पोचेले नेपालमा बौद्ध धर्मको प्रचारप्रसार, बौद्ध शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण गर्नुभयो ।

गत पुस १५ गते १०५ वर्षको उमेरमा दिवङ्गत हुनुभएका महायानी परम्पराअन्तर्गत निङ्मापा सम्प्रदायका गुरुले नेपालमा बौद्ध दर्शन प्रचारप्रसारमा विशेष योगदान पु¥याउनुभएको थियो ।

स्वर्गीय बौद्ध गुरु रिम्पोचेको पार्थिव शरीरको दर्शन गर्न भारत, भुटान, चीन, ताइवान, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया, अमेरिकालगायत विभिन्न ५० देशमा बौद्ध गुरुहरु नेपाल आउनुभएको पूर्व सांसद ल्यार्केल लामाले जानकारी दिनुभयो ।

दिवङ्गत हुनुभएका बौद्ध गुरु तत्कालीन तिब्बतमा सन् १९११ जन्मनुभएको थियो । बौद्ध धर्मको ज्ञान प्रचारका क्रममा करिब छ दशकअघि नेपाल हुनुभएको थियो ।

शेषनारायण गुम्बाका प्रमुख गुरुसमेत रहनुभएका रिम्पोचेको बौद्ध धर्मअनुसार ठूल्ठूला गुरुहरुको पार्थिव शरीरको दर्शन गरेमा पाप नाश भई पुण्य कायम हुने र शान्तिका साथै सत्मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास गरिन्छ । रासस