
मोरङ, ३ पुस । नेपाल–भारत सीमा अन्तर्गतको नेपाली भुभागमा एक भारतीय युवतीको मृत्यु भएको छ ।
बुधनगर–६ बस्ने भारत अररिया घर भएकी १८ बर्षीया संगीता देवी यादव आइतबार नेपाल भारत सिमा नजिक बिसनपुर भन्ने स्थानको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैगरी नवलपरासीको गुठीसुर्यपुरा–५ स्थित गडक नहरको पानीमा आइतबार नाम,थर,वतन खुल्न नसकेको अंदाजी ५० बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।












प्रतिक्रिया