१४ कार्तिक २०८३, शनिबार

क्यामेरा ट्रयापिङ्ग प्रविधीबाट बर्दिया निकुञ्जमा बाघ गणना गरिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tiger cammera 2

– सुदीप अधिकारी
बर्दिया, ३ माघ । बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट बाघगणना सुरु गरिएको छ ।

निकुञ्जमा बाघको संख्या पत्ता लगाउने उदेश्यले क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट आइतबारदेखि बाघ गणना सुरु गरीएको हो ।

सन् २०१३ मा क्यामेरा ट्रयापिङ्ग प्रबिधी र बाघको दिसा संकलन गरी डिएनए परिक्षणबाट गरी दुबै प्रविधिबाट बाघको गणना गरिएको थियो । यसबर्ष भने क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट मात्र बाघ गणना सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।

बाघको गणनासंगै बाघको आहारा प्रजातीको समेत गणना गरिने छ । बर्दिया निकुञ्जमा बाघको एकिन तथ्यांक पत्ता लगाउन क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट बाघ गणना सुरु गरिएको निकुञ्जले जनाएको छ ।

यसबर्षको बाघ अनुगमनबाट निकुञ्जमा बाघको संख्या केही बृद्धि हुने अनुमान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो

्बाघ गणनाका लागि निकुञ्जलाई ५ वटा ब्लक विभाजन गरिएको छ । ३० जनाको ५ वटा विषेश टोलीले निकुञ्ज भित्रको पाँच वटा ब्लकका २९७ वटा स्थानमा स्वचालित क्यामेरा राखेर बाघ गणना सुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत थापाले बताए ।

बाघसँगै बाघको आहारा प्रजातीका जनावरहरुको पनि गणना हुने बताईएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग र कर्णाली जैविक मार्गमा बाघ तथा बाघका आहारा प्रजातीका जनावरहरुको अनुगमनका लागि प्रत्येक २ किमीको फरकमा १५ दिन सम्म स्वचालित क्यामेरा राखिने निकुञ्जले जनाएको छ ।

सुरुमा कर्णाली तटिय क्षेत्रको खाता जैविक मार्गबाट बाघ गणना सुरु गरिएको छ । बाघ गणना ७२ दिनसम्म चल्ने बताइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु कोष विभाग, राष्ट्रिय प्रकृती संरक्षण कोष, डब्लु डब्लु एफ र बर्दिया राष्ट्रिय निकुन्जको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।