कपिलवस्तु, ३ माघ । कपिलवस्तुमा दुई बालिकाको सामूहिक बलात्कार भएको छ ।
बालिका बलात्कार गरेको अभियोगमा बुद्धबाटिका नगरपालिका–९ टाकु बस्ने २९ बर्षीय अनुप क्षेत्री सहित ५ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उनीहरुले शनिबार सोही ठाउँ बस्ने १४ बर्षका २ जना बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया