
काठमाडौं, ३ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्न थालेपछि निगमले सोमबारदेखि लागू हुनेगरी इन्धनको मूल्य समायोजन गर्न लागेको हो ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको घट्दो मूल्यलाई समायोजन गर्न निगमले आवश्यक तयारी गरेको भन्दै प्रतिलिटरमा चारदेखि पाँच रुपैयाँ घटाइने बताए ।
उनका अनुसार इण्डियन आयल कर्पाेरेशन(आईओसी)बाट शनिबार प्राप्त भएको नयाँ मूल्य सूचीको आधारमा नेपालमा मूल्य समायोजन गरी सोमबारसम्म नयाँ मूल्य सूची सार्वजनिक गर्ने तयारी निगमको छ ।
निगमले प्रतिलिटर चार रुपैयाँसम्म मूल्य घटाए पेट्रोल एक सय, डिजेल र मट्टीतेल ७८ रुपैयाँ प्रतिलिटरमा झर्नेछ ।















प्रतिक्रिया