७ कार्तिक २०८३, शनिबार

सी माला लुट्न शेर्पाको गला काटेर हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

C Mala Nepalकाठमाडौं, ३ माघ । आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन् होला ।

अनि त्यसको सोख पनि पाल्ने थिएनन् होला । तर घाँटीमा सधै बहुमूलय गहना लगाएर हिँड्ने सोखकै कारण उनको ज्यान गएको छ ।

गत बिहीबार साँझ आफैले लगाएको बहुमूल्य मालाकै कारण थेपाङको ज्यान गएको छ ।

घरमा कोही नभएको मौकामा लुटेराहरुले डेरामा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर शेर्पाको ज्यान लिएको राजधानी दैनिकले समाचार छापेको छ ।

अनि उनले लगाएको बहुमूल्य सी माला लिएर फरार भए । हत्या भएको भोलिपल्ट पक्राउ परेका फुरी शेर्पाले बहुमूल्य मालाकै लागि थेपाङको हत्या गरेको बयान दिएपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरी अनुसन्धानले घाँटीमा लगाएको सी माला लुटपाट गर्ने उदेश्यका साथ सोलुखुम्बुका ६० वर्षीय थेपाङको हत्या भएको देखाएको छ ।

हत्यापछि उनको घाँटीमा लगाइएको डेढ करोडभन्दा बढी मूल्य पर्ने सी माला लुटपाट भएको प्रहरीको भनाई छ ।