७ कार्तिक २०८३, शनिबार

यी हुन् कांग्रेसका नयाँ वैधानिक सांसद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रश्मी ठाकुर, सांसद, नेपाली कांग्रेस
रश्मी ठाकुर, सांसद, नेपाली कांग्रेस

काठमाडौं, ३ माघ । कांग्रेसका दुई नेताहरुले सांसद भएपछिमात्र पार्टीको साधारण सदस्यता र क्रियाशिल सदस्यता पाएका छन् ।

सरकारले नै २६ सभासद मनोनयन गर्दा कांग्रेस कोटामा सांसद बनेका उमेश श्रेष्ठ र धनुषाकी समानुपातिक सांसद रश्मी ठाकुरको क्रियाशील सदस्यता पारित भएपछि उनीहरु बल्ल क्रियाशील कांग्रेस बनेका हुन् ।

श्रेष्ठले चितवनबाट र ठाकुरले धनुषाबाट सदस्यता पाएको राजधानी दैनिकले समाचार छापेको छ ।

प्याब्सनका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि कुनै पार्टीमा आबद्ध थिएनन् । रश्मी भने जिउँदो सहिद अरबिन्द ठाकुरकी छोरी हुन् ।

अरबिन्द ठाकुरलाई २०४५ सालमा राजा महेन्द्रलाई बम हान्न प्रयास गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो । तर मधेसी बाहुन भन्ने थाहा पाएपछि उनलाई माफी दिइएको थियो ।

सदस्यता छानविन समितिका अनुसार कांग्रेसका अन्य सबै सांसदसँग क्रियाशील सदस्यता छ।