१४ कार्तिक २०८३, शनिबार

बरिष्ठ पत्रकार पन्त पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanka panta awardकाठमाडौ, ३ माघ । सम्पादक समाजले बरिष्ठ पत्रकार टंक पन्तलाई गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

काठमाडौंका बसुन्धरामा शनिबार आयोजित विशेष कार्यक्रममा समाजले गोबिन्द बियोगी ट्रष्टद्वारा स्थापित सो पुरस्कार सूचना तथा सचारमन्त्री शेरधन राइले हस्तान्तरण गरेका हुन् ।

नगद राशीसहित दिइएको सम्मानपत्रमा दुई दशकभन्दा बढी ब्यबसायिक पत्रकारिताका लागि निरन्तर क्रियाशील भै महत्पूर्ण योगदन पुगाएका कारण पुरस्कुत गरिएको समाज र ट्रष्टले जनाएको छ ।

समाजका अध्यक्ष देबेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तरुण साप्ताहिकका सम्पादक परशु घिमिरेलाई पनि गोबिन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

ट्रष्ट स्थापनामा प्रमुख भूमिका निर्बाह गरेका गोबिन्द बियोगीका सुपुत्र किरण बैधकै सक्रियतामा मातृभुमि साप्ताहिकमा ०३१ देखि ०४१ सम्म प्रकाशित सम्पादकीय संग्रहको पनि मन्त्री राइले लोकार्पण गरेका छन् ।

कार्यक्रममा समाजक सचिव पुरु रिसालले पुरस्कृत ब्याक्तित्व पन्तको संक्षिप्त जानकारी गराउँदै भने, ‘०४८ सालदेखि दैनिक समाजबाट पत्रकारिता प्रारम्भ गर्नुभएका बरिष्ठ पत्रकार टंक पन्तले दैनिक समाजमा गर्दागर्दै पछिल्लो समयमा मातृभुमि साप्ताहिक र प्रजातन्त्र साप्ताहिकमा पनि आबद्ध भएर काम गरे । ०५२ साल पुस २७ गतेबाट प्रकाशन प्रारभ भएको नेपाल समाचार दैनिकमा प्रकाशन हुनुभन्दा दुई दिनअघि अर्थात पुस २५ गतेबाट आबद्ध हुनुभएका पन्तले सो पत्रिकामा दुई दशक बढी बिताए । सहसम्पादक, प्रमुख समाचारदाता, डेस्क इञ्चार्ज, बरिष्ठ सहसम्पादक, समाचार सम्पादक हुँदै सम्पादक समेतको जिम्मेबारी निर्बाह गरेका पन्तले रत्नराज्य क्याम्पसमा पढाईसँगै पत्रकारिता प्रारभ गरेका थिए ।’

नेपाल समाचारपत्र दैनिकको महत्वपूर्ण जिम्मेबारीमा हुँदा हुँदै पन्तले नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्यका रुपमा तोकिएको समयअबधि भरि आपनो भूमिका निर्बाह पनि गरेका थिए ।

टेलिभिजनमा रहँदा उनले निर्बाह गरेको रचनात्मक भूमिकाप्रति टेलिभिजन परिवारले सधै सम्झने गरेको छ ।

सिटीजन एफएम रेडियोमा बिहानीको बहस कार्यक्रम सञ्चालन गरेका बरिष्ठ पत्रकार पन्तले २४ वर्षको पत्रकारिता बढी राजनीतिक विषयमा गरेको देखिएपनि सामाजिक न्याय, लैगिक समानता र विकासका लागि पनि उत्तिकै कलम चलाए ।

महिला अधिकारका विषयमा निरन्तर कलम चलाएका कारण पनि उनलाई कुनै कुनै महत्वपूर्ण समारोहमा महिला पत्रकार भन्ने पनि गर्छन् ।

श्रीमती मीना शर्मा, छोरी इशिका पन्त र छोरा इशान पन्त रहेको सानो सुखी परिवारमा रहेका पन्तले केही समय यतादेखि चक्रपथ अनलाइन पत्रिकामा सल्लाहकार सम्पादकको रुपमा पनि भूमिका निभाइरहेको पनि कार्यक्रममा सचिब रिसालले जानकारी गराएका थिए ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट बिभिन्न पुरस्कार र सम्मान पाइसकेका बरिष्ठ पत्रकार पन्त गोबिन्द बियोगी पत्रकारिता पुरस्कार ०७२ बाट पनि सम्मानित भएकोमा सम्पादक समाजले बिशेष बधाइ ज्ञापन गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष मेहन्द्र बिष्ट, राजनीतिक बिश्लेषक हीरण्यलाल श्रेष्ठ, सम्पादक समाजका जय दाहाल, नारायण सापकोटा एवं पुरस्कृत ब्यक्तित्वले पनि बोलेका थिए ।