१४ कार्तिक २०८३, शनिबार

पूर्वमन्त्री पण्डित भन्छन्- गरेपछि जे पनि सम्भव छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit

काठमाडौँ, २ माघ । पूर्वमन्त्री लालबाबु पण्डितले मुलुकमा सकारात्मक परिवर्तन सम्भव भएकाले त्यसमा सबैको सकारात्मक प्रयास आवश्यक भएको बताउनुभएको छ ।

यहाँ आज परशुराम उपाध्याय दाहाल स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको परशुराम उपाध्याय दाहालको ८५ औँ जन्मजयन्ती कार्यक्रममा नेकपा(एमाले)का नेता पण्डितले अरुलाई दोष मात्र लगाउने बानी छाडेर देश बनाउन सबै लाग्नुपर्ने बताउँदै भन्नुभयो-“परिवर्तन कसैले आएर गरिदिँदैन, हामी आफैँबाट काम सुरु गर्नुपर्छ ।”

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भूगोल र जनसङ्ख्यालाई आधार मानेर निर्वाचन क्षेत्र कायम गर्नपर्ने बताउँदै सङ्घीयताका विषयमा हतारमा निर्णय गरी पछुताउनुभन्दा अझ गहन छलफल गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष काशीराज दाहालले अहिले नेपालमा नैतिकता हराउँदै गएको बताउँदै अग्रजबाट प्रेरणा लिई एकार्कालाई सम्मान गर्ने संस्कार गर्ने बसाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विदुर बन्दीपुरे, यादव भट्टराई, सुवास पाण्डे लगायतले कवितावाचन गर्नुभएको थियो । सो अवसरमा मोर्डर्न कन्या मल्टिपल कलेजका कक्षा ११ का छात्रा मोदिता अधिकारीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । रासस