काठमाडौं, २ माघ । अवैध सुनसहित राजधानीमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।
त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलमा कतार एअरको क्युआर ६४६ नम्बरको उडानद्धारा नेपाल आएका राहदानी नम्बर ५२२९८१६३ वाहक भुटानी मूलका अमेरिकी नागरिक खगेन्द्र गजमेरलाई भन्सारको एक्सरेमा चेकजाँच गर्ने क्रममा हयाण्डव्यागमा २ वटा र ज्याकेटमा २ वटा बाला बनाई राखेको ६ सय ९३ ग्राम अवैधरुपमा ल्याएको सुनसहित शुक्रबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया