२९ आश्विन २०८३, बिहिबार

मरेपछि नर्क जानबाट बच्न आफ्नो जीवनकालमा अनिवार्य गर्नुस् यो दान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narka

एजेन्सी । धर्म शास्त्रका अनुसार मृत्युपरान्त प्रत्येक जीवलाई परलोक यात्राको समयमा एक विशेष नदी तर्नुपर्छ ।

जसमा जीव आफ्नो कर्मअनुसारको विभिन्न प्रकारको कष्ट सहन्छ । शास्त्रका अनुसार त्यो विशेष नदीलाई वैतरणी नदी भनिन्छ । वैतरणी नदीलाई सजिलै पार गर्नका लागि मृतक व्यक्तिको नामसँग वैतरणी गोदानको विशेष महत्व हुन्छ । परम्पराअनुसार मृत्युकाल (मर्ने बेला)मा गौमाता(गाई)को पुच्छर हातमा समात्न लगाइन्छ वा स्पर्श गराइन्छ ।

तर, यस्तो नहुने स्थितिमा गाइको ध्यान गराएर वैतरणी गोदान मन्त्र पढेर प्रार्थना गर्न सकिन्छ ।

वैतरणी गोदान मन्त्र:
‘धेनुके त्वं प्रतीक्षास्व यमद्वार महापथे।
उतितीर्षुरहं भद्रे वैतरणयै नमौःस्तुते।।
पिण्डदान कृत्वा यथा संभमं गोदान कुर्यात ।’

गरूड पुराणमा भनिएको छ की यमलोकको यात्रा भयानक र पीडा दिने खालको छ । त्यहाँ एक नदी बगिरहन्छ जो सयौं योजना अर्थात एक सय बीस किलोमिटर छ । यो नदीमा पानीको स्थानमा रगत र मवाद(किरा) बग्छ र यसको तट(किनार) हाडहरुले भरिएको हुन्छ । गोही, सूईजस्तै मुख भएको भयानक कृमि(किरा), माछा र वज्र जस्ता गिद्धहरुको यो निवास स्थल हो ।

यमराजका दूत जब धर्तीबाट ल्याइएका व्यक्तिलाई यसै नदीको नजिक ल्याएर छाडिदिन्छन्, तब नदीमा ठूलो गर्जनको आवाज सुनिन्छ । नदीमा बगिरहेको रगतको छाल देखिन्छ । यो देखेर पापी मनुष्यको जीवात्मा डरले थर–थर काप्छ ।

GODAN-1

यो नदीलाई एक डुंगाको माध्यमबाट मात्रै तर्न सकिन्छ । त्यो डुंगाको माझी एक प्रेत आत्मा हो । जसले पिण्डबाट बनेको शरीरमा बसेको आत्मासँग प्रश्न गर्छ कि कुन पुण्य कामको बलमा तिमी नदी तर्छाै ।

जून व्यक्तिले आफ्नो जीवनकालमा गौदान गरेका थिए मात्र ती व्यक्तिले यो नदी पार गर्न सक्छन् अन्य व्यक्तिलाई यमराज दूतले नाकमा काडा हालेर आकाश मार्गबाट नदीको माथिबाट जबरजस्ती तान्दै/तान्दै नर्कतिर लग्छन् । शास्त्रमा केही यस्ता व्रत र उपवास छ जसको पालन गर्दा गौदानको फल प्राप्त हुने बताइन्छ ।

पुराणका अनुसार दान वितरण हो । यो नदीको नाम वैतरणी हो । अतः दान गरेर जो पुण्य कमाइन्छ त्यसैको बलमा मात्रै वैतरणी नदी तर्न सकिन्छ ।