काठमाडौं, २ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारले भाषणवाजी गरेर जनतालाई अल्मलाउने कार्य गरेको आरोप लगाउनुभएको छ ।
काठमाडौंको गोकर्णमा शनिबार फाईभस्टार कलबले आयोजना गरेको ‘सेभेन एसाइड गणेशमान सिंह मेमोरियल फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले प्रधानमन्त्री केपी ओली र मन्त्रीहरू काम गर्नेभन्दा पनि भाषणवाजीमा लागेको आरोप लगाउनुभयो ।
‘सरकार जनताको आवश्कता पूरा गर्नभन्दा पनि भाषणबाजीमा अल्मलिएकोले नागरिकले सास्ती बेहोर्नु परेको छ’, उहाँले भन्नुभयो ।
महामन्त्री सिंहले उपप्रधानमन्त्रीहरूको बोलीको पनि कुनै ठेगान नरहेको बताउनुभयो ।
मन्त्रीहरू राजदूतावासका विज्ञको खन्डनमा व्यस्त रहनु दुखद् विषय भएको बताउनुभएका उहाँले कांग्रेस सरकारको बिरोधमा नलागे पनि सरकार जनताप्रति जिम्मेवार रुपमा प्रस्तुत होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।












प्रतिक्रिया