१४ कार्तिक २०८३, शनिबार

धनगढीमा भूकम्प दिवस मनाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhn-18 Th Erthquic

धनगढी, २ माघ । १८ औ भूकम्प दिवसका अवसरमा शनिवार धनगढीमा चेनतामूलक कार्यक्रम आयोजना गरिएको छ ।

सो क्रममा धनगढी उपमहानगरपालिको मुख्य वजारमा विभिन्न सन्देश लेखिएका प्ले कार्ड सहितको र्याली , सडक नाटक, देउडा खेल आयोजना गरिएको थियो ।

धनगढीमा ०७० साल असोजदेखि राष्ट्रिय भवन संहिता पूर्णरुपमा लागू गरिएको छ । संहिता लागू गर्न अक्सफाम र फाया नेपालको विषेश सहयोग रहेको छ । सो संहिता अनुसार नयाँ संरचना वनाउदा भूकम्प प्रतिरोधी नक्सा वनाएर उपमहानगरपालिका बाट स्वीकृत गर्नु पर्ने हुन्छ । नक्सा स्वीकृत नगर्नेहरुले विभिन्न वैकिंग सुविधाबाट वञ्चित हुनु पर्ने हुन्छ । भने भूकम्प प्रतिरोधी नक्सा नवनाएर घर वनाउनेको कुनै दिन सरकारले ती घर भत्काउनु पर्दा मुआव्जा नदिने नीति वनाएको छ ।

र्याली , सडक नाटक र देउडा खेलपछि आयोजित कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाई, धनगढी उप महानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ लगयातले वोलेका थिए । कार्यक्रमको धनगढी उपमहानगरपालिका र फाया नोपलले संयुक्तरुपमा आयोजना गरेका थिए ।

Dhn-18 Th Erthquic (1) Dhn-18 Th Erthquic (2)