
काठमाडौँ, २ माघ । नेपाल एसोसियसन अफ् टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचन आइतबार हुँदैछ । निर्वाचनमा तीन वटा प्यानल देखिएको छ । नाट्टाका पूर्वप्रथम उपाध्यक्ष मधुसुदन आचार्य, वर्तमान महासचिव मिहिका धाख्वा र वर्तमान प्रथम उपाध्यक्ष शम्भुराज पाठक निर्वाचनको मैदानमा छन् ।
कूल ४ सय ५३ मतदाता रहेको नाट्टा निर्वाचनमा हालसम्मको अवस्थालाई हेर्दा चुनावी मैदानमा उठाइएका व्यवसायिक पृष्ठभूमिका उम्मेदार, तीनका व्यक्तित्व, एजेण्डा र यस अगाडिका कार्यशैलीका कारण समेत मधुसुदन अचार्य नेतृत्वको पल्लाभारी हुने विश्लेषण व्यवसायीहरुले गर्न थालेका छन ।
२४ वुँदे एजेण्डा सार्वजानिक गर्दै अगाडि देखा परेको आचार्य प्यानलका उम्मेदारहरुसँग उनीहरुको एजेण्डा र उम्मेद्धारीका कारणलाई खोतल्ने प्रयास गरेका छौं ।
मधुसूदन आचार्य, अध्यक्षका उम्मेदवार
विगत तीन दशकदेखि पर्यटन क्षेत्रमा समर्पित व्यक्तित्व हुन मधुसुदन अचार्य । एयरलाइन्स, ट्राभल एजेन्सी, कार्गाेलगायत पर्यटन व्यवसायमा लामो समय देखिको अनुभव रहेका आचार्य ‘ एकतावद्ध हुन नसकेको कार्यसमितिलाई एकतावद्ध गर्ने, भूकम्प र नाकावन्दीले थिलोथिलो भएको पर्यटन व्यवसायलाई पहिलैकै अवस्थामा फर्काउने लगायतका २४ वुँदे एजेण्डा अगाडि सारिसकेको छ । नाट्टाका सदस्य कम्पनीहरुको भलाई र देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने गरी आफूले काम गर्न चाहेको बताउँछन । आचार्य भन्छन् – ‘कुन प्यानल कस्तो हो भन्ने उम्मेदारहरुले चिनिसकेका छन्, हामीले अग्रिम बधाई समेत पाइसकेका छौं । हाम्रो प्यानलकै विजय हुनेमा आशावादी छौं ।’
सीएन पाण्डे, प्रथम उपाध्यक्षका उम्मेदवार
नाट्टामा २०१० मा कोषाध्यक्ष, २०१४ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका पाण्डे आफ्नो दुबै कार्यकालमा व्यवसायीहरुको मन जित्न सफल मानिन्छन । सन् १९९० देखि पर्यटन क्षेत्रमा क्रियाशिल पाण्डेले पोखरा चितवनजस्ता पर्यटकीय क्षेत्रमा आफ्नो व्यवसायलाई दरिलो ढंगबाट स्थापित गराउनमा ठूलो भूमिका खेलेका छन । भूकम्प र नाकाबन्दी पछाडि खस्केको पर्यटक आगमनको संख्या बृद्धि गर्न छिमेकी भारतीय र चिनियाँ पर्यटक आकर्षित गर्ने विशेष प्याकेज कार्यक्रमहरु अगाडि बढाउनुपर्नेमा पाण्डेको जोड रहदै आएको छ । पर्यटन क्षेत्रको लामो अनुभव, व्यवस्थापकीय क्षमता, सक्रियता र मिजासिलोपनकै कारण पाण्डेको विजय सुनिश्चित रहेको विश्लेषण उम्मेद्धारहरु बीच सुन्न पाइन्छ ।
दिपेन्द्रकुमार घिमिरे, द्वितीय उपाध्यक्षका उम्मेदवार
२०४० सालदेखि निरन्तर पर्यटन क्षेत्रमा सक्रिय घिमिरे २०१४ देखि पछिल्लो कार्यसमितिमा कार्यसमिति बाहिरै रहेर नाट्टालाई सहयोग गर्दै आएका व्यक्ति हुन । खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि वाह्य साथै आन्तरिक पर्यटनलाई समेत उतिकै सशक्त बनाउदै लैजानुपर्ने घिमिरेको धारणा छ । सदस्यहरुमाझ देखिएको टिकेटिङ, टूर र ट्रान्सपोर्ट क्षेत्रका समस्याहरु समाधान गरेर व्यवसायीको हकहितमा लाग्ने उनको प्रतिबद्धता रहेको छ ।
भीमप्रसाद पन्त, महासचिवका उम्मेदवार
सन् १९८९ देखि पर्यटन क्षेत्रमा सक्रिय पन्त नेपाल पर्यटन बोर्डको अनियमितता छानविन गरी निष्कर्षमा पु¥याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन । नाट्टाको यसअघिको कार्यसमितिमा रहेर सफलतापूर्वक कार्यसम्पादन गरिसकेका पन्त संस्था र व्यवसायीको हकहितका पक्षमा काम गर्दै आएका व्यक्ति हुन ।
सुधीरकुमार उपाध्यय, सचिवका उम्मेदवार
पर्यटन क्षेत्रमा २३ वर्ष लामो अनुभव संग्लागेका उपाध्याय यस अगाडि दुईपटक कार्यकारी सदस्य भएर काम गरिसकेका व्यक्ति हुन । आफू नाट्टाको पदाधिकारी भएपछि सबै पर्यटन व्यवसायीहरुलाई एकजुट बनाएर लैजाने उनको प्रतिबद्धता रहेको छ ।
चित्रबहादुर गुरुङ, कोषाध्यक्षका उम्मेदवार
सन् १९९५ देखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङले यसअघि नाट्टाको कार्यसमितिमा रहेर निर्वाह गर्नुभएको सक्रिय भूमिकाको सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेको पाइन्छ । पर्यटन क्षेत्रको विकासका लागि नाट्टामा उहाँको उपस्थिति अनिवार्य रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । हवाई क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा हटाउन फ्री भिसा फ्री टिकटको अहिलेको प्रणालीलाई व्यवस्थित गर्न, सदस्यबाट उठाएको रकमलाई व्यवस्थित गर्न र नाट्टालाई नयाँ स्रोतबाट रकम उपलब्ध गराउदैं यसको छवि सुधार्न कोषाध्यक्षका रुपमा आफ्नो एजेण्डा अगाडि सारेका छन । यस्का लागि आफ्नो प्यानल नै आउनुपर्ने उनको भनाई छ ।
सविता भट्टराई केसी, सह–कोषाध्यक्षका उम्मेदवार
विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय भट्टराई नाट्टाको पूर्व सदस्यको रुपमा व्यवसायिक हकहितमा काम गर्ने अभियन्ताका रुपमा परिचित नाम हो । सह–कोषाध्यक्षको भूमिकामा रहेर प्रत्येक ३÷३ महिनामा त्यहाँको हर हिसाब पारदर्शी गराउने र संस्थाको पूरानो छविलाई उचाल्ने एजेण्डा रहेको छ ।
शीतलकुमारी शर्मा, सदस्यका उम्मेदवार
सन् २००४ देखि पर्यटन क्षेत्रमा सक्रिय शर्माले चाइना कम्युनिकेसन युनिभर्सिटीबाट चिनियाँ भाषामा स्नातकोत्तर हासिल गरेकी छिन । छिमेकी देश चीनका पर्यटकको आगमनले नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण सकारात्मक प्रभाव पार्ने विश्वासका साथ नाट्टामा आफूले उम्मेदारी दिएको,चाइनामा रहेको टुरको प्रवल सभ्भावनालाई यर्थाथमा रुपान्तरण गर्ने लागिपर्ने बताँउछिन । पर्यटन क्षेत्रमा देखापरेको अस्वस्थ प्रतिष्पर्धालाई हटाउने उनको चाहना छ ।
विनय बस्नेत, सदस्यका उम्मेदवार
टिमवर्कलाई प्राथमिकता मान्ने वस्नेत २५ वर्षदेखि यो क्षेत्रमा सक्रिय व्यक्ति हुन । टिमलाई केही योगदान पु¥याउन सकिन्छ कि भन्ने मान्यताले आफूले उम्मेद्धारी दिएको बताँउछन ।
युवराज सुवेदी, सदस्यका उम्मेदवार
विगत २१ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय सुवेदी टिकेटिङ व्यवसायमा रहेको समस्याको पहिचान गरी त्यसको निराकरण गर्नमा पहल गर्ने उदेश्यले नाट्टाको सदस्य पदमा आफूले उम्मेद्धारी दिएको बताउछन । यस क्षेत्रमा देखिएका समस्याहरुको निराकरणमा गर्नुनै आफ्नो मुख्य एजेण्डा रहेको सुवेदीको भनाई छ ।
लक्ष्मण लम्साल, सदस्यका उम्मेदवार
सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय लम्साल नाट्टालाई शुद्ध व्यवसायिक बनाउनका लागि आफूले उम्मेदारी दिएको दावी गर्दछन । व्यवसायिको हकहितको पक्षमा निरन्तर आवाज उठाउनु नै उनको एजेण्डा रहेको छ ।
वरुण मेहता, सदस्यका उम्मेदवार
विगत २७ वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा सक्रिय मेहता चिनियाँ भाषा र संस्कृतिको विज्ञका रुपमा समेत परिचित व्यक्ति हुन । नाट्टामा सक्रिय र सक्षम व्यक्तिको खोजी भएको अवस्थामा आफूले उम्मेदारी दिएको बताउने मेहता नेपालमा चिनियाँ पर्यटक भित्र्याउनका लागि नयाँ रणनीति अख्तियार गर्दै, नेपालले बाह्य पर्यटक भित्र्याउन नेपाली व्यवसायीले अन्तराष्ट्रिय रुपमा थुपै्र समस्या भोगेको यस अवस्थामा व्यापार सहजीकरणमा आवश्यक भूमिका निभाउने प्रतिबद्धता सुनाँउछन ।
हरिभक्त श्रेष्ठ,सदस्यको उम्मेदार
विगत २५ वर्ष देखि यो क्षेत्रमा सक्रिय श्रेष्ठ विगत केही वर्ष देखि नाट्टाको गतिविधीलाई धेरै नजिकबाट हेरिरहेको बताँउछन । विगतका वर्षहरुमा नाट्टाले राम्रो सन्देश दिन नसकेका कारण त्यो छविलाई उचो राख्नका लागि र व्यवसायिहरुका हकहितमा आवाज उठाउन साथै व्यवसायिको सुरक्षामा सदैव लड्नका लागि आफूले उम्मेदारी दिएको बताँउछन ।
रामकुमार बाराकोटी, सदस्यका उम्मेदवार
विगत १० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय बाराकोटी भूकम्प र नाकाबन्दीपछि संसारभरि नेपालका सम्बन्धमा फैलाइएको प्रचारबाजीलाई चिरेर सकारात्मक सूचना प्रवाह गर्दै नेपालको पर्यटन क्षेत्रलाई अझैं उचो बनाउनका लागि आफूले उम्मेदारी दिइएको बताँउछन ।
घनश्याम घिमिरे, सदस्यका उम्मेदवार
सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय घिमिरे टुर व्यवसायीहरुको गुनासो सुन्ने,हकहितमा लड्ने कुनै संस्था नभएको अवस्थामा नाट्टा मार्फत आफूले व्यवसायिको हकहित र सुरक्षामा सदैव लड्नका लागि उम्मेदारी दिएको सुनाँउछन ।















प्रतिक्रिया