१४ कार्तिक २०८३, शनिबार

सिरहामा मध्यराति पेट्रोल पम्पमा बम विस्फोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siraha

सिरहा, २ माघ । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा शुक्रबार राति अज्ञात समूहले विस्फोट गराएको छ ।

विस्फोटबाट भने पम्पमा सामान्य क्षति मात्रै भएको छ । बालुुवा गिट्टी रहेको ठाउँमा विस्फोट हुँदा गिट्टी उडेर उक्त पेट्रोल पम्पको सिसा र बल्ब फुटेका छन् । तीन/चार जनाको समूहमा आएका अज्ञात समूहले विस्फोटक प्रहार गरेर भाग्ने बित्तिकै विस्फोट भएको थियो ।

विस्फोटका कारण स्थानीयवासी त्रसित बनेका छन् । विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेका छैन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस