काठमाडौं, २ माघ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२ औँ वार्षिक साधारणसभासँगै आगामी आईतबार हुन लागिरहेको निर्वाचनका लागि तीन समूह मैदानमा उत्रिएका छन् ।
एमाले समर्थित मधुसूदन आचार्य र नेपाली कांग्रेस निकट मिहीका राज्यलक्ष्मी शाह (धाख्वा) र सम्भूराज पाठक नेतृत्वको व्यवसायीक टिमको छुट्टाछुट्टै प्यानलबीच निर्वाचनका लागि हुन लागेको प्रतिस्पर्धाले यतिबेला पर्यटन बजार ह्वात्तै तातेको छ ।
नाट्टाको चुनावमा आचार्य समूहको पकड बोलियो रहेको व्यवसायीहरु बताउँछन् ।
पर्यटन ट्राभल, ट्रेडका व्यवसायीहरु कुशल नेतृत्वको खोजीमा आचार्यको व्यवसायिक टिम मैदानमा छ । यस हिसाबले नाट्टा निर्वाचनमा आचार्यको प्रभाव बलियो देखिन्छ ।
यसैक्रममा आचार्य समूहले शुक्रबार आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेको छ । २५ बुँदे प्रतिबद्धतामा पर्यटन विकासलाई प्राथमिकताका साथ राखिएको छ ।
हेर्नुस् आचार्य समूहको साझा प्रतिबद्धता:
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)
१७ जनवरी २०१६ मा
सम्पन्न हुने कार्य समितिको निर्वाचनमा मधुसूदन आचार्य नेतृत्वको
संयुक्त व्यवसायिक समूहको साझा प्रतिबद्धता
आदरणीय ट्राभल तथा टूर व्यवसायी ज्यूहरु !
हामी नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को स्वर्ण महोत्सव वर्षमा नयाँ नेतृत्व निर्वाचनको क्रममा उपस्थित
छौं र अहिलेको परिप्रेक्षमा सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई आइपरेका समस्याहरुको समाधानका लागि सम्बद्ध सरकारी र गैरसरकारी निकाय एंवम्
संघ–संस्थाहरु (TAAN/HAN/PATA/NARA/NMA) लगायत सँगको सम्बन्ध सुमधुर बनाएर सहकार्य गरी समाधानको पहलका लागि हामी नितान्त व्यवसायीहरुको समूह बनाई यो गरिमामय संगठनप्रतिको आस्थालाई अक्षूण राख्नको लागि प्रतिबद्धता व्यक्त गर्दछौ ।
यस परिप्रेक्ष्यमा हामी निर्वाचन र नयाँ नेतृत्व चयनको महत्वपूर्ण क्षणमा छौ । तसर्थः नाट्टाको आगामी भूमिका, गरिमा, मर्यादा र क्रियाशीलता अभिबृद्धि गर्न निम्न बमोजिम प्रतिबद्धता प्रस्तुत गर्दछौं :
१) सम्पूर्ण ट्राभल/टूर व्यवसायीहरुको हक हितका लागि वि.सं. २०२२ मा स्थापित नाट्टा यो क्षेत्रको पहिलो संस्था हुनाले यसलाई सम्पूर्ण
व्यवसायीहरुको एक मात्र छाता संगठनका रुपमा स्थापित र विकास गरी सम्पूर्ण व्यवसायीहरुको हक हितमा समर्पित रहने ।
२) (IATA/BSP/GDS) मा देखिएका समस्याहरु सरलीकृत गरी आवश्यक भएमा हाल कायम रहेको (Payment Cycle ) परिमार्जित
गर्नुका साथै सम्पूर्ण व्यवसायीहरुको हक–हितको संरक्षण हुने ढंगले लागू गर्न पहल गर्ने ।
३) नेपाल एयरलाइन्स (राष्ट्रिय ध्वजबाहक) को क्षमता अभिबृद्धिका लागि थप जहाज ल्याउन अविलम्ब पहल गरी चीनका
शहरहरुमा सिधा उडानका लागि समन्वय गर्ने ।
४) विगतमा नाट्टाको अगुवाईमा प्रारम्भ गरिएको (NATTA Travel Mart)लाई निरन्तरता दिन (Himalayan Travel Mart) आयोजना गर्न नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँग समन्वय गरी आवश्यक प्रक्रिया तत्काल प्रारम्भ गर्ने । यस (MARI) लाई (SAARC) स्तरीय पर्यटन मेला बनाउने ।
५) विगतमा नाट्टाले सञ्चालन गर्दै आएको (IATA/BSP Tranning)लाई सीमित व्यक्तिको प्रभावमा परी सदस्य कम्पनीहरुले जनशक्ति विकासको अवसरबाट बञ्चित हुनुप¥यो । यस अवस्थालाई दृष्टिगत गरी प्रभावकारी रुपमा (IATA/BSP Traning)लाई निरन्तरता दिने । सूचना तथा संचार प्रविधिमा आएको उच्च आधुनिकीकरणसँगै ट्राभल एजेन्सीहरुलाई पनि (WebBase Ticketing and Tour Promotion) को प्रविधि विकास एवम् विशेष तालीमको व्यवस्था गर्ने । समय–समयमा (Product Knowledge) तथा (Operation) सम्बन्धी तालीमको आयोजना गर्ने ।
६) अन्तराष्ट्रिय बजार प्रबद्र्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया र मलेसियालगायतका विभिन्न देशहरुमा विशेष प्रबद्र्धनात्मक कार्यक्रमहरु संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरी बिशेष कार्यक्रमहरु संचालन गर्ने ।
७) पर्यटन क्षेत्रमा कार्यरत व्यवसायिक संघ–संस्थाहरु तथा अन्य सम्बन्धित निकायहरुसँग सहकार्य गरी पर्यटन–मैत्री नीति निर्माणका लागि नेपाल सरकारसँग संयुक्त रुपमा पहल गर्ने । विगतमा गरिएका कार्यहरुलाई निरन्तरता दिने ।
८) सीमा क्षेत्रमा पर्यटन आगमनमा रहेका समस्याहरु समाधान गर्नुका साथै पर्यटकहरुको सहज आवागमनका लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने । विदेशी टूर अपरेटरहरुले नेपाल भ्रमण गराउँदा हुने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापहरुलाई यथाशीघ्र रोक्न पहल गर्ने ।
९) व्यवसाय प्रबद्र्र्धनका लागि सबै व्यवसायीहरुलाई सहुलियत दरमा विभिन्न विदेशी ट्राभल मार्टमा भाग लिनको लागि सम्बन्धित सेवा प्रदायकहरुसंग विशेष पहल गर्ने । अनाधिकृत रुपमा विदेशी कम्पनीहरुबाट नेपालमा संचालन भइरहेका पर्यटकीय गतिविधि रोक्न कडाईका साथ आवश्यक पहल गर्ने ।
१०) होटल एशोसिएशनसंग समन्वय गरी स्वदेशी एजेन्सीहरुलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर/रेट निश्चित गरी लागू गराउने ।
११) आन्तरिक र बाह्य पर्यटन गन्तव्यहरु पहिचान गरी प्रबद्र्धन गर्न सक्रिय पहल गर्नुका साथै अन्तराष्ट्रिय पर्यटकीय बजारहरुमा प्रबद्र्धन गर्नेे व्यवस्था गर्ने ।
१२) पर्यटकहरुलाई सेवा प्रदान गर्ने, पर्यटक सवारी संचालनमा देखिएका समस्याहरुको यथाशक्य समाधान गर्न आवश्यक पहल गर्ने, पर्यटकिय गन्तब्यहरुमा, पर्यटक बसपार्क निमार्ण तथा व्यवस्थित गर्ने, विभिन्न क्षेत्रमा संचालित यातायात सिण्डिकेट खारेज गर्नुका साथै पर्यटकीय मौसममा अन्य सवारी साधनहरु संचालन गर्ने कानूनी व्यवस्थाको लागि पहल गर्ने । ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा बसपार्क र व्यवस्थित शौचालयको प्रबन्ध मिलाउने । लुम्बिनी, हलेसी, पाथिभरा, स्वर्गद्वारी जनकपुर र वर्दियामा तत्काल “पर्यटक सार्वजनिक बस सेवा” सञ्चालन गर्ने पहल गर्न ।
१३) नाट्टा क्षेत्रीय संघहरु (Eastern Regional Association,Western Regional Association, Far–Western Association) सँग सहकार्यमा नयाँ गन्तव्य विस्तार एवम् प्रबद्र्धन कार्यमा तीब्रता दिने । साथै, नेपालको संविधान–२०७२ अनुरुप संस्थालाई संघीय ढाचामा पुनःसंरचना र व्यवस्थित गर्ने ।
१४) “बन्द सदाका लागि बन्द” भन्ने नारालाई कार्यान्वयन गर्नको लागि प्रभावकारीढंगले पहल गर्ने ।
१५) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका सेवा, सुविधा र समस्याहरुको निराकरणका लागि सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी सशक्त रुपमा पहल गर्ने ।
१६) (Budget Airlines) बाट सिर्जित एकाधिकार, अनिश्चित आर्थिक जोखिम र प्रतिकूल परिस्थितिमा सदस्य कम्पनीहरूले व्यहोर्नुपरेको क्षतिबाट उनीहरूलाई संरक्षण
प्रदान गर्न पहल गर्ने । हवाई भाडा दर निर्धारण र कार्यान्वयनमा रहेको अव्यवस्थालाई हटाउन “एयर मोनिटरिङ काउन्सिल” गठन गरी बिद्यमान समस्याहरु हटाउन क्रियाशील रहने ।
१७) आन्तरिक पर्यटकीय हवाई गन्तव्यहरुमा निरन्तर रुपमा परिरहेका समस्या एवम् एकाधिकार हवाईभाडा दरजस्ता विषयहरुमा अनुगमनका लागि सरकारी निकायको समन्वयमा अत्यावश्यक संयन्त्र निर्माण गरी कडाइका साथ लागु गर्न पहल गर्ने ।
१८) पर्यटक सवारी साधन (हरियो प्लेट) को सवारी दर्ता गर्र्न व्यवस्थाको लागि पर्यटन विभाग र यातायात व्यवस्था विभागबीच समन्वय गर्ने ।
१९) पर्यटकीय गन्तव्यमा मुख्य भाषाहरुमा (NATHAM)सँग सहकार्य गरी (Tourist Guide) तालीम तथा (Orientation) को व्यवस्था गराउने ।
२०) पर्यटनको विश्वव्यापी सर्वमान्य सिद्धान्त १५ ं १ लाई अझै पनि केही संघ–सस्थाहरुले मान्यता नदिई प्रवेश शुल्क असुल गरिरहेको सन्दर्भमा हरेक १५ जना पर्यटकमा १ जना टूर लिडर निःशुल्क गराउन पहल गर्ने । भारत हदै लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा एक रात बस्नैपर्ने अनिवार्य व्यवस्था मिलाउन पहल गर्ने ।
२१) नेपालकेन्द्रित टूर प्याकेजको प्रबद्र्धनमा बिशेष प्राथमिकता दिदै नेपाल ं चीन (तिब्बत), नेपाल ं भुटान, नेपाल ं भारत जस्ता टूर प्याकेजको प्रबद्र्धन गर्न तिब्बतबाट नेपालमा सिमानामा पर्यटन आगमनका लागि विभिन्न बाटोहरु खोल्न पहल गर्ने ।
२२) कर भ्याट तथा अन्य किसिमका सरकारी बक्यौतासँग सम्बन्धित व्यवसायीका समस्याहरुलाई सहज समाधानका लागि सशक्त रुपमा पहल गर्ने ।
२३) हालको नाकाबन्दी र अन्य कारणहरुले सिर्जित असहज अवस्थाबाट पर्यटन व्यसायीहरुलाई सहज अवतरणका लागि सहुलियत ब्याज तथा ऋणको सहजीकरण गराउनका लागि नेपाल राष्ट्र बैक तथा बित्तीय सस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्ने ।
२४) नाट्टा हेल्प–फण्ड स्थापना गरी विभिन्न रुपमा समस्या/अप्ठेरोमा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने ।
२५) पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीब्रता दिन पहल गरी राजधानी र सीमा क्षेत्रबाट पोखरा जोड्ने तथा राजमार्गहरुमा सर्वेक्षणको लागि पहल गर्ने ।
यिनै प्रतिबद्धताहरु पूरा गर्नको निम्ति यहाँहरुबीच चीरपरिचित सफल व्यवसायी श्री मधुसूदन आचार्यको नेतृत्वमा संयुक्त व्यवसायिक समूहलाई यहाँहरुसमक्ष प्रस्तुत गरेका छौ ।
नाट्टाको यस निर्वाचनमा हामी संयुक्त व्यवसायिक समूहमा आबद्ध भएका छौ । र, समग्र ट्राभल तथा टूर व्यवसायीहरुबीच पारम्परिक सम्मान, एकता र हितको लागि एकजुट भई प्रभावकारी भूमिका निर्वाह गर्ने उद्घोष गर्न चाहन्छौ । यहाँहरुको अमूल्य मत यस समूहलाई प्राप्त हुने विश्वासका साथ मधुसूदन आचार्यको अध्यक्षतामा नाट्टाले नयाँ, जुझारु, व्यवसायिक, सक्रिय र सक्षम नेतृत्व प्राप्त गर्ने घोषणासमेत गर्दछौ । नाट्टाको स्वर्ण महोत्सव बर्षको जिम्मेवारी र नेतृत्व गर्ने अवसर प्राप्त हुने विश्वास सहित !
११ जनवरी २०१६
२७ पुस २०७२ निर्वाचन परिचालन समिति
संयुक्त व्यवसायिक समूह
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)
मधुुसूदन आचार्य समूह
नाट्टा निर्वाचन–२०१६
मधुसूदन आचार्य, अध्यक्षका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रमुख कार्यकारी अधिकृत, डाइनामिक सर्भिस
नुवाकोट जिल्लामा जन्मिनुभएका मधुसूदन आचार्य विगत तीन दशकदेखि पर्यटन क्षेत्रमा समर्पित व्यक्तित्व हुनुहुन्छ । उहाँ नाट्टा निर्वाचन–२०१६ मा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । उहाँको पर्यटन क्षेत्रमारहेको लामो अनुभव आफंैमा पर्यटन क्षेत्रको लागि एउटा सम्पत्तिका रुपमा स्थापित छ । आचार्य एयरलाइन्स, ट्राभल एजेन्सी, कार्गाेलगायत पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले पर्यटन क्षेत्रसँगै ट्राभल र टूर प्रविधिमैत्री हुन नसक्नु समस्याका रुपमा रहेको बताउनुहुन्छ ।
अबका दिनमा उहाँ प्रविधिको भरपूर उपयोग गरी विभिन्न संघसंस्था, व्यवसायी र सरोकारवाला निकायहरुसँगको समन्वयबाट साझा समस्याको पहिचान गर्दै नयाँ योजनाका साथ सबै क्षेत्रलाइ एक ढिक्का बनाएर व्यवसायको प्रबद्र्धन, नाट्टाका सदस्य कम्पनीहरुको भलाई र देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने गरी आफूले काम गर्न चाहेको बताउनुहुन्छ ।
विगतमा आचार्यले नाट्टा कार्यसमितिका विभिन्न भूमिकामा कुशल नेतृत्व निर्वाह गरेका कारण नै उहाँलाई अधिकांश पर्यटन व्यवसायीले विशेष रुचाउँछन् । अहिले पनि सम्पूर्ण व्यवसायीलाई गोलबन्द गर्दै नाट्टामा आबद्ध व्यवसायीको हितमा आफूले काम गर्ने आचार्यको प्रतिबद्धता रहेको छ । १७ जनावरी २०१६ मा हुन गइरहेको नाट्टा निर्वाचनमा आफ्नो समूहलाई मतदान गरी भारी मतले विजयी गराउनुहुन उहाँ ट्राभल तथा टूर व्यवसायीहरुलाई आग्रह गनुहुन्छ ।
सिएन पाण्डे, प्रथम उपाध्यक्षका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, सम्राट टुर्स एण्ड ट्राभल
व्यवस्थापन संकायमा स्नातक सि.एन. पाण्डे सन् १९९० देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । अर्घाखाँचीमा जन्मिनुभएका पाण्डे नाट्टा पश्चिमाअञ्चल संघ हुँदै नाट्टाको विभिन्न भूमिकामा रहेर प्रभावकारी ढंगले काम गर्दै आउनुभएका सफल र परिचित व्यवसायी हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगाल्नुभएका पाण्डेले पोखरा चितवनजस्ता पर्यटकीय क्षेत्रमा आफ्नो व्यवसायलाई दरिलो ढंगबाट स्थापित गराउनुभएको छ । भारतीय बजारमा राम्रो छवि छाड्न सफल पाण्डेले हाल खस्केको पर्यटक आगमनको संख्या बृद्धि गर्न छिमेकी भारतीय र चिनियाँ पर्यटक आकर्षित गर्ने विशेष प्याकेज कार्यक्रमहरु अगाडि बढाउनुपर्ने खाँचो औल्याउनुहुन्छ ।
नाट्टामा २०१० मा कोषाध्यक्ष, २०१४ मा द्वितीय उपाध्यक्ष निर्वाचित हुनुभएका उहाँ दुबै कार्यकालमा व्यवसायीहरुको मन जित्न सफल हुनुहुन्छ । पर्यटन क्षेत्रको लामो अनुभव, व्यवस्थापकीय क्षमता, सक्रियता र मिजासिलोपन नै पाण्डेका सबल पक्ष हुन् । यही कारण नाट्टामा उहाँको उपस्थिति अनिवार्यजस्तै रहेको छ । दुई दशक लामो उहाँको अनुभवलाई देश, पर्यटन क्षेत्र र सबै व्यवसायीको हितमा लगाउनुपर्ने खाँचो देखिएको छ ।
दिपेन्द्रकुमार घिमिरे (डिके शर्मा), द्वितीय उपाध्यक्षका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, डिके ट्राभल एण्ड टुर्स
संखुवासभामा जन्मिनुभएका दिपेन्द्रकुमार घिमिरे (डिके शर्मा) २०४० सालदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । इन्डियन गाइड हुँदै टिकेटिङ्मा लाग्नुभएका उहाँ सन् २००२ देखि निरन्तर नाट्टामा सक्रिय हुनुहुन्छ । संस्थामा आवश्यकता महसुस हुँदा संस्था बाहिर रहेर पनि सघाउन सकिन्छ भनेर उहाँ सन् २०१४ देखि पछिल्लो कार्यसमितिमा कार्यसमिति बाहिरै रहेर नाट्टालाई सहयोग गर्दै आउनुभएको छ । कानुनका विधार्थी शर्माको उपस्थिति नाट्टाको छवि सुधार्नमा लागि महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरुको अभिमत रहेको छ । व्यवस्थापकीय सक्षमताकै कारण टिकेटिङका क्षेत्रमा २००५ देखि २०१२ सम्म उहाँको कम्पनी उत्कृष्ट ५ मा रहिआएको थियो । हाल नाट्टामा उपस्थित भएर सदस्यहरुमाझ देखिएको टिकेटिङ, टूर र ट्रान्सपोर्ट क्षेत्रका समस्याहरु समाधान गरेर व्यवसायीको हकहितमा लाग्ने उहाँको प्रतिबद्धता रहेको छ । नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा उहाँले विभिन्न २५ वटा मुलुकको भ्रमण गर्नुभएको छ ।
भीमप्रसाद पन्त, महासचिवका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, म्याग्निफिसिएन्ट ट्राभल एण्ड टूर
नाट्टाको यसअघिको कार्यसमितिमा रहेर सफलतापूर्वक कार्यसम्पादन गरिसक्नुभएका र संस्था एवम् व्यवसायीको हकहितका पक्षमा काम गर्दै आउनुभएका भीमप्रसाद पन्त मधुसूदन आचार्य समूहमा महासचिव पदका उम्मेदवार हुनुहुन्छ । धादिङको गजुरीमा जन्मिनुभएका पन्तले एसएलसी दिएर काठमाडौ छिरेसँगै सन् १९८९ देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । यस अघिको कार्यकालमा नाटामा रहेर व्यवसायिक हकहितमा लाग्नुभएका कारण नै उहाँलाई महासचिवको उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ । पर्यटन प्रबद्र्धनका सिलसिलामा उहाँले अमेरिका जर्मनी, डेनमार्क, स्वीडेन, फ्रान्स, चीनलगायत २० वटा देशको भ्रमण गरिसक्नुभएको छ । टुरिज्म डेभलपमेन्ट बैंक स्थापना गर्ने परिकल्पनाकारमध्ये एक उहाँले विभिन्न सामाजिक र अन्य संघसंस्थामा पनि नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । नेपाल पर्यटन बोर्डको अनियमितता छानविन गरी निष्कर्षमा पु¥याउन महत्यपूर्ण भूमिका निर्वाह गर्नुभएका पन्त विनम्र व्यक्तित्व र मिजासका हुनुहुन्छ । व्यवसायिक हकहितका निम्ति नाट्टामा उहाँको नेतृत्वदायी भूमिका अनिवार्य रहेको पर्यटन व्यवसायीहरुको अभिमत रहेको छ ।
सुधीरकुमार उपाध्यय, सचिवका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, आमा ट्राभल्स
पर्यटन क्षेत्रमा २३ वर्ष लामो जीवन व्यतीत गर्नुभएका सुधीरकुमार उपाध्याय अब्बल पर्यटन व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । व्यवस्थापनमा स्नातक उहाँ विगतमा दुई कार्यकाल नाट्टाको नेतृत्वमा रहिसक्नुभएको छ । दुईपटक कार्यकारी सदस्य भएर काम गरिसक्नुभएका उपाध्याय पर्यटन व्यवसायीहरुमाझ अनुभवी पर्यटन व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । आफू नाट्टाको पदाधिकारी भएपछि सबै पर्यटन व्यवसायीहरुलाई एकजुट बनाएर लैजाने उहाँको प्रतिबद्धता रहेको छ । नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा उहाँले विभिन्न १६ देशको भ्रमण गरिसक्नुभएको छ । मृदुभाषी स्वभावका उपाध्यायको सक्रियताले नाट्टामा थुप्रै सकारात्मक परिवर्तन आउने आम पर्यटन व्यवसायीहरुको विश्वास रहेको छ ।
चित्रबहादुर गुरुङ, कोषाध्यक्षका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, मेगावाइट ट्राभल एण्ड टुर्स
नाट्टाको कार्यसमितिमा रहेर सफलतापूर्वक कार्य सम्पादन गरिसक्नुभएका चित्रबहादुर गुरुङ कास्कीमा जन्मिनुभएको हो । गुरुङ समुदायबाट पर्यटन क्षेत्रमा सक्रिय उहाँ कानुनका स्नातक (एलएलबी) हुनुहुन्छ । सन् १९९५ देखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङले यसअघि नाट्टाको कार्यसमितिमा रहेर निर्वाह गर्नुभएको सक्रिय भूमिकाको सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेको पाइन्छ । पर्यटन क्षेत्रको विकासका लागि नाट्टामा उहाँको उपस्थिति अनिवार्य रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । हवाई क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा हटाउन फ्री भिसा फ्री टिकटको अहिलेको प्रणालीलाई व्यवस्थित गर्न, सदस्यबाट उठाएको रकमलाई व्यवस्थित गर्न र नाट्टालाई नयाँ स्रोतबाट रकम उपलब्ध गराउदैं यसको छवि सुधार्न कोषाध्यक्षका रुपमा उहाँले जिम्मेवारी पाउनुपर्ने आम पर्यटन व्यवसायीहरुको चाहना रहेकोछ ।
सविता भट्टराई केसी, सह–कोषाध्यक्षका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, एरो ट्राभल्स एण्ड टुर्स
समाजशास्त्रमा स्नकोत्तर सविता भट्टराई केसी विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । २०२९ सालमा काठमाडौंमा जन्मिनुभएका उहाँ नाट्टाको पूर्व सदस्यको रुपमा व्यवसायिक हकहितमा काम गर्ने अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ ट्राभल र टूर क्षेत्रलाई जहिल्यै राजनीतिबाट मुक्त र व्यावसायिक हकहितमा क्रियाशील गराउनपर्ने मान्यता राख्नुहुन्छ । आफू जहिले पनि पेशागत अधिकारको पक्षमा लाग्ने भन्दै उहाँले नाट्टाजस्तो संस्थामा सह–कोषाध्यक्षको भूमिकामा रहेर प्रत्येक ३÷३ महिनामा त्यहाँको हरहिसाबल पारदर्शी गराउने अभियानमा लाग्ने बताउनुहुन्छ । महिला सशक्तिकरणमार्फत पर्यटन क्षेत्रको विकासका लागि लाग्ने उहाँ पर्यटन क्षेत्रमा एउटा उदाहरणीय पात्र हुनुहुन्छ ।
शीतलकुमारी शर्मा पौडेल, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
मार्केटिङ डाइरेक्टर, नेपाल ड्रिम ट्राभल सर्भिस
म्याग्दी जिल्लामा जन्मिनुभएका शितलकुमारी शर्मा पौडेल सन् २००४ देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । चिनियाँ भाषाको राम्रो अध्ययन गर्नुभएक उहाँले चाइना कम्युनिकेसन युनिभर्सिटीबाट चिनियाँ भाषामा स्नातकोत्तर गर्नुभएको छ । छिमेकी देश चीनका पर्यटकको आगमनले नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण सकारात्मक प्रभाव पार्ने विश्वासका साथ नाट्टामा उहाँको उपस्थिति अझ महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरुको ठम्याई रहेको छ ।
विनय बस्नेत, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्दशक,कोशी टुर्स एण्ड ट्राभल
नाट्टाको वर्तमान कार्यसमितिमा रहेर व्यवसायीक हकहितमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएका विनय बस्नेत एकजना अब्बल पर्यटन व्यवसायी हुनुहुन्छ । टिमवर्कलाई प्राथमिकता दिनुहुने बस्नेत काम गर्न पदविशेष नै नचाहिने मान्यता राख्दै टान निर्वाचन २०१६ मा पुनः सदस्यको उम्मेदवार हुनुहुन्छ । काठमाडौंका स्थायी बासिन्दा उहाँ आफ्ना नातेदारको सहयोगले सन् १९९१ देखि पर्यटन क्षेत्रमा सक्रिय रहिआउनुभएको छ । अर्थशास्त्रमा स्नातक बस्नेतले नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा २५ वटा देशको भ्रमण गरिसक्नुभएको छ । लायन्स क्लब इन्टरनेशनलका विभिन्न ओहदामा रहेर काम गरिसक्नुभएका उहाँ सामाजिक अभियन्ताको रुपमा विशेष परिचित हुनुहुन्छ । नाट्टा सदस्यमा उहाँको उम्मेद्वारीलाई पर्यटन क्षेत्रका स्थापित र पाका व्यवसायीहरुले ज्यादै सकारात्मक रुपमा लिएका छन् ।
युवराज सुवेदी, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, पि एण्ड वाई ट्राभल एण्ड टूर
पाँचथरमा जन्मिनुभएका युवराज सुवेदी विगत २१ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । १० वर्ष अन्य ट्राभल एजेन्सीमा काम गरेर आफ्नै कम्पनी स्थापना गरेपश्चात् निरन्तर यसै क्षेत्रमा सक्रिय उहाँ पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासमा निरन्तर क्रियाशील हुनुहुन्छ । नाट्टाको सदस्यका रुपमा अनुभवी, जोसिला र अत्यन्त सक्रिय कार्यशैलीका उहाँको उपस्थिति यस क्षेत्रमा देखिएका समस्याहरुको निराकरणमा महत्वपूर्ण सावित हुने आम पर्यटन व्यवसायीहरुको विश्वास रहेको छ ।
लक्ष्मण लम्साल, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, मकालु एड्भेञ्चुअर ट्राभल एण्ड टूर
दाङको तुल्सीसपुरमा जन्मिनुभएका लक्ष्मण लम्साल सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय र चिरपरिचित हुनुहुन्छ । पर्यटन क्षेत्रमा केही गरौं भन्ने जोशसहित अगाडि बढ्दै आउनुभएका लम्सालको उपस्थितिले नाट्टामार्फत पर्यटन विकासमा ज्यादै महत्वपूर्ण हुने निश्चित छ । ट्रेकिङ हुँदै ट्राभल र टूर क्षेत्रमा लाग्नुभएका उहाँले नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा २५ वटाभन्दा बढी देशको भ्रमण गरिसक्नुभएको छ । लायन्स क्लबमार्फत सामाजिक सेवामा पनि उत्तिकै सक्रिय उहाँ आम व्यवसायीहरुको हकहितमा निरन्तर सक्रिय रहिआउनुभएको छ । नाट्टामा सदस्यको रुपमा उहाँको उपस्थितिले नयाँ पुस्तालाई यो क्षेत्रप्रति थप आकर्षित गर्न योगदान पुग्ने पर्यटन व्यवसायीहरुको विश्वास छ ।
बरुण मेहता, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
निर्देशक, वल्र्डडे टुर्स एण्ड ट्राभल्स
चितवनमा २०२८ सालमा जन्मिनुभएका बरुण मेहता विगत २७ वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । व्यवस्थापनमा स्नातकोत्तर उहाँ पर्यटन क्षेत्रको व्यवसायिक विकास र लोभलाग्दो जीवनशैलीका कारण यस क्षेत्रमा आकर्षित र सक्रिय रहिआउनु भएको छ ।
नेपालको पर्यटन धेरै समस्याहरुका बीच अगाडि बढेको यस अवस्थामा छिमेकी देशबाट राम्रो फाइदा लिनसकिनेमा विश्वस्त हुनुहुन्छ । चिनियाँ भाषा र संस्कृतिको विज्ञका रुपमा समेत चिनिने उहाँ व्यवसायिक रुपमा नेपालमा चिनियाँ पर्यटक भित्र्याउनेहरुमा अब्बल मानिनुहुन्छ । नेपालको बाह्य पर्यटक भित्र्याउन नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा थुपै्र समस्या भोगेको यस अवस्थामा व्यापार सहजीकरणमा आवश्यक भूमिका निभाउन प्रतिबद्ध हुनुहुन्छ । व्यवसायिक सिलसिलाको क्रममा विश्वका २६ देशको भ्रमण गरिसक्नुभएको छ । मेहता अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबद्र्धनमा दख्खल राख्नुहुन्छ । आप्नो लामो अनुभव, योग्यता र क्षमताले नै पर्यटन क्षेत्रका हरेक जिम्मेवारी बहनको क्रममा सफल हुने विश्वास राख्नुहुन्छ ।
हरिभक्त श्रेष्ठ
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, होलिल्याण्ड एड्भेञ्चुअर टुर्स
पर्यटन क्षेत्रमा २५ वर्ष लामो अनुभव हासिल गर्नुभएका पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ यस क्षेत्रमा सदैव सकारात्मक परिवर्तन चाहने व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ । प्रष्ट भिजन राख्ने, व्यवसायीको हकहित र पीडालाई नजिकबाट बुझेर समाधानका लागि सक्दो रुपमा लागिपर्ने नाट्टाको कार्यसमितिमा उहाँको उपस्थितिलाई व्यवसायिक हकहितका पक्षमा अर्थपूर्ण हुने ठानिएको छ । वाणिज्यशास्त्रमा स्नात्तक उहाँले नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा एक दर्जनभन्दा धेरै देशको भ्रमण गरिसक्नुभएको छ ।
रामकुमार बाराकोटी, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, नेपाल सोसियल टुर्स एण्ड ट्राभल्स
धादिङमा जन्मनुभएका रामकुमार बाराकोटी विगत १० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । टिकेटिङबाट यस क्षेत्रमा आउनुभएका बाराकोटीले इन्टरनेशनल ट्राभल मार्टहरुमा सहभागी हुँदै नेपालको पर्यटन बजार प्रबद्र्धनको सिलसिलामा २३ वटा देशको भ्रमण सकिसक्नुभएको छ । भूकम्प र नाकाबन्दीपछि संसारभरि नेपालका सम्बन्धमा फैलाइएको प्रचारबाजीलाई चिरेर सकारात्मक सूचना प्रवाह गर्न अत्यन्त सक्रिय भूमिका खेल्दै आउनुभएको छ । पर्यटन क्षेत्रको विकासका लागि नाट्टामा बाराकोटीको सक्रियता आवश्यक रहेको पर्यटन व्यवसायीहरुको चाहना रहेको छ ।
घनश्याम घिमिरे, सदस्यका उम्मेदवार
मधुसूदन आचार्य समूह
प्रबन्ध निर्देशक, सिनिक माउन्टेन ट्राभल्स एण्ड टुर्स
खोटाङ जिल्लामा जन्मिनुभएका घनश्याम घिमिरे सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । उच्च शिक्षा अध्ययन गर्ने क्रममै विभिन्न ट्राभल एजेन्सीमा रहेर सेवा गर्दै आउनुभएका उहाँ हाल सिनिक माउन्टेन ट्राभल्स एण्ड टुर्सको प्रबन्ध निर्देशक हुनुहुन्छ । व्यवस्थापनमा स्नातक उहाँ लायन्स क्लब नेपाल र कैलाश यात्रा संचालक संघलगायत सामाजिक संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ । नाट्टा सदस्यको लागि उहाँको उम्मेदवारीलाई पर्यटन क्षेत्रको विकासमा सबै पर्यटन व्यवसायीहरुले ज्यादै सकारात्मक रुपमा लिएका छन् ।















प्रतिक्रिया