७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीका अगाडि र्‍याल चुहाएर बस्ने को-को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K-P-Oli

काठमाडौं । जे मन लाग्यो त्यही बोलेर आम रुपमा आलोचित भएका प्रधानमन्त्री खड्ग ओलीले पछिल्लो दिनमा बालुवाटारमा पुग्ने जो कोहीलाई पनि राजदूत पद बाँडेर बसेका छन् । पछिल्लोपटक विभिन्न १६ मुलुकमा राजदूत पद खाली छन् ।

चीन, बेलायत, जापानलगायतका मुलुकमा राजदूत खाली छन् । जापानका लागि अन्जान शाक्यले र्‍याल चुहाएर बसेकी छन् । तर, जापान सरकारले जापानी भाषा जानेको हुनुपर्ने बताएपछि शाक्य जापानी भाषा सिक्न बिहान बिहान बागबजारको इन्स्टिच्युट धाउन थालेकी छन् । जसरी भए पनि जापानको राजदूत पड्काउने योजनामा रहेकी शाक्यले खड्ग ओली पत्नी राधिका शाक्यलाई समेत फकाइसकेकी छन् ।

यस्तै, ओलीले कुलचन्द्र गौतमलाई समेत राजदूत बनाउने आश्वासन दिएका छन् । परराष्ट्रविज्ञ बनाइएका गोपाल खनाल पनि राजदूत बन्न पाइन्छ कि भनेर बसेका छन् । नुवाकोटका अश्विनी पुडासैनी पनि आफूलाई राजदूत बनाइदिए हुने थियो भन्दै बसेका छन् । पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको सहयोगी बनेर परराष्ट्र देखेका पुडासैनी पनि राजदूत बन्ने सपनामा हराएका छन् । पाण्डेले पनि पुडासैनीलाई राजदूत बनाइदिन भन्दै ओलीसमक्ष बार्गेनिङ गर्ने गरेका छन् ।

यस्तै, एमालेका सामान्य त्यो पनि आना गुटका कार्यकर्तालाई राजदूत बनाउने आश्वासन ओलीले दिएका छन् । १५ भन्दा बढी मुलुकमा राजदूत खाली भएको मौका पारेर ओलीले कुटनीतिकको ‘क’ समेत नजानेका अन्जान शाक्य, पुडासैनी जस्तालाई राजदूत बनाएर पठाउने तयारी गरेपछि परराष्ट्रमन्त्री कमल थापाले भने ओलीको सो योजना जसरी पनि असफल बनाउने योजना बनाउन थालेका छन् ।
थापाले पनि पूर्वपञ्चहरुलाई राजदूत बनाउने बताएका छन् । थापाले एक दर्जनभन्दा बढीलाई राजदूत बनाउने आश्वासन दिएका छन् । ओलीले खाली भएका भन्दा बढीलाई राजदूत बनाउने आश्वासन दिइरहेका बेला थापा पनि सोही हाराहारीमा आश्वासन बाँड्दै हिडेका छन् । सरकारमा एमाले पछि सबैभन्दा ठूलो दल एमाओवादी रहेको छ ।

उसको कोटाबाट पनि राजदूत हुनेको नाम आउँदा ५० भन्दा बढीको संख्यामा नाम पुग्ला । त्यो बेला १५ जना राजदूत छान्नु सबैभन्दा ठूलो समस्या हुनेछ ।

ओली, थापालगायतले राजदूत बाँडेकाको नाम हेर्दा नेपालको कूटनीति कस्तो र कुन हालतमा चलिरहेको छ भन्ने छर्लङ्ग हुन्छ । भारतको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न नसकेको र नेपालले सकारात्मक र प्रभवकारी पहल गर्न नसकेको भन्ने गुनासो आइरहेको बेला ओली र थापाले राजदूतको आश्वासन दिएको नाम हेर्दा आगामी दिनमा कूटनीतिक झन् संकटमा फस्ने देखिन्छ । जनआह्वान साप्ताहिकमा खबर छ ।