७ कार्तिक २०८३, शनिबार

८८ वर्षीया पूर्वमुमाबडामहारानीको प्रश्न- ‘म त सबैकी रानी किन नागरिकता बनाउने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ratna-Shahकाठमाडौं । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको नागरिकता नभएको खुलेको छ । खानेपानीको लाइन कटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वमुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको बताएका छन् ।  ‘म त सबैकी रानी भएकाले किन नागरिकता बनाउने ?’ भन्दै रत्नले आफ्नै कर्मचारीलाई प्रश्न गरेकी थिइन् ।

८८ वर्ष उमेर पुगेकी रत्नको हालसम्म नागरिकता नभएपछि महेन्द्र मञ्जिलमा आफ्नै नाममा बत्ती, पानी र टेलिफोनको लाइन जोड्न समस्या भएको हो ।

तत्कालीन राजन महेन्द्रले आफ्नो परिवारका सदस्य १६ वर्ष पुग्नासाथ दरबारमै गएर नागरिकता बनाउने प्रचलन थियो । सबै राजपरिवारका सदस्यको नागरिकता बनाउँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी दरबारमै जाने चलन थियो ।

नागरिकताको प्रसंग चल्दा रत्नले आफूले नागरिकता बनाउन कहिल्यै स्वीकार गरिनन । झन्डै ९ दशक पुगेकी रत्नलाई आफूले नागरिकता नबनाएको विषयमा कुनै सुर्ता नभएको बताएकी छन् । अधिकांश काम गर्दा विश्वासिलो कर्मचारी र परिवारको सदस्यको नागरिकता प्रयोग गर्ने गरेको उनले बताएकी छन् । समाचारपत्र दैनिकमा खबर छ ।