वीरगञ्ज, १ माघ । मधेसमा लगातार भएको बन्द हडतालका कारण पठनपाठनमा असर परेपछि वीरगन्जका विद्यार्थी यहाँका स्कुल कलेज छाडेर अन्यत्र जान थालेका छन् ।
खासगरी निजी विद्यालयका विद्यार्थी वीरगन्ज छाडेर अन्य सहरतिर लाग्न थालेका हुन् । निजी तथा आवासीय विद्यालय संगठन पर्साका अध्यक्ष लालबाबु पटेलले निजी विद्यालयमा पढ्ने १० प्रतिशत विद्यार्थी वीरगन्ज छाडेर अन्यत्र लागेको बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनले आफ्नै विद्यालय मिनिल्याण्ड माध्यमिक विद्यालयबाट पनि सात आठजना विद्यार्थी स्थानान्तरण भइसकेको जानकारी दिए ।
विद्यालय खुलेपछि विद्यार्थीको पढाइ सुधार गर्न शुक्रवार र शनिवार पूरा दिन तथा सरकारी बिदामा पढाउने गरेको पटेलले बताए ।















प्रतिक्रिया