१४ कार्तिक २०८३, शनिबार

सल्यानमा एकैठाउँमा तीन सय ४० वटा बम भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salyan_districtसल्यान, ३० पुस । कोरवाङ झिम्पे गाविसमा तीन सय ४० थान सकेट बम फेला परेको छ ।

कोरवाङझिम्पे गाविस वडा नं ८ खर्सुवासको कासाखानी ओडारमा अस्थायी प्रहरी चौकी झिम्पेले गस्ती गर्ने क्रममा बम फेला परेको प्रहरी चौकी इन्चार्ज रामजी परियारले जानकारी दिनुभयो । बम फेल परेपछि भैरवप्रसाद गण सल्यानबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले बम लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा यति धेरै सकेट बम फेला परेको यो पहिलो घटना भएको प्रहरीले बताएको छ । रासस