१४ कार्तिक २०८३, शनिबार

अज्ञात समूहको आक्रमणबाट घाइतेमध्ये एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Campaigners Call For Tougher Knife Lawsतुलसीपुर (दाङ), ३० पुस । तुलसीपुरबाट मजदुरी गरेर घर फर्किंदै गरेका पाँचजना युवामाथि बुधवार राति साढे ११ बजे तुलसीपुर नगरपालिका–११ बटवलपुरको मयाँलु सामुदायिक वन नजिक अज्ञात समूहले घरेलु हतियार प्रहार गरी आक्रमण गर्दा गम्भीर घाइते भएकामध्ये एकको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंका अनुसार मृत्यु हुनेमा तुलसीपुर–११ बटवलपुरका २५ वर्षीय सृजन चौधरी रहेका छन् । अज्ञात समूहको आक्रमणबाट सोही ठाउँका २५ वर्षीय विजय चौधरी, ३५ वर्षीय गोपीलाल चौधरी, २२ वर्षीय गौरव चौधरी र १८ वर्षीय कविराम चौधरी गम्भीर घाइते भएका छन् । घाइतेको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरको नयाँ बसपार्कमा ढलान गरी घरतर्फ फर्कंदै गरेका ती युवामाथि घरनजिकै रहेको सामुदायिक वनमा अज्ञात समूहले तरवारलगायत घरेलु हतियारबाट आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले जनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनामा संलग्नको व्यापक खोजतलास भइरहेको समेत प्रहरीले जनाएको छ । रासस