१४ कार्तिक २०८३, शनिबार

माघीको चहलपहल सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maghi

धनगढी, ३० पुस । पश्चिम तराईका जिल्लामा बसोबास गर्ने चौधरी–थारु समुदायमा नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ ।

थारु चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउन तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् ।

वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एकापसमा छलफल हुन थालेको छ । यी पदमा सकभर सहमति गर्ने र सहमति हुन नसके निर्वाचनद्वारा छनोट गर्ने गरिन्छ ।

थारुका घर घरमा सुँगुर र बङ्गुर काटेर मासुको जोहो गर्न थालिएको छ । घरकै अन्न प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न थारु महिलाको व्यस्तता बढेको छ । यसरी तयार पारिने खानाका परिकारको सामूहिकरुपमा खानपिन गरी टोलटोलमा रमाइलो गर्ने चलन यो समुदायमा रहेको छ ।

माघी सङ्क्रान्तिको अघि पछि गरी चार÷पाँच दिनसम्म मनाइने यो पर्वका बेला प्रत्येक गाउँको मूल घरमा भेला भई खानपिन गरेर रमाइलो गर्ने, प्रत्येक घरमा अंशबन्डासम्बन्धी काम गर्ने, वर्षभरिमा गाउँमा काम गर्दा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गर्ने गरिन्छ ।

यस्तै पर्वका बेला आ–आफ्ना विवाहिता छोरी बहिनीलाई घरमा बोलाई दक्षिणाका रुपमा निसराउ अर्थात् नुन र चामल दिने प्रचलन रहेको छ । रासस