२९ आश्विन २०८३, बिहिबार

थकानबाट बचाउने र शरीरमा तुरुन्त ताकत दिने यी १० बस्तु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girlएजेन्सी । सुस्तता र थकाईलाई टाढा राख्ने यी हुन् १० बस्तु । जसलाई दैनिक खानासँग मिलाएर खादा निकै फाइदाजनक हुनेछ ।

– म्यानिशियम र प्रोटीनले भरिएको ब्राउन राइसले दिनभरी शरीरमा शक्ति (एनर्जी) दिन्छ । त्यसकारण ब्राउन राईसलाई नास्ता र खाना दुबैमा मिसाउनुस् र फूर्तिवान बन्नुस् ।

– शकरकन्द(कन्दमुल)मा रहेको कार्बाेहाइड्रेट र भिटा कैरोटिनले दिनमा हुने थकाईलाई कम गर्छ । त्यसैले बालबालिकालाई दिनमा शकरकन्द उमालेर वा फेरि हल्का फ्राइ गरेर खुवाउनुस् ।

– एक चम्चा महलाई कुनै तरल पदार्थ (ड्रिंक)मा मिलाएर पिउनुस् । तुरुन्त शरीरमा ताकत महसुस हुनेछ ।

– फलफूलको कुरा गर्ने हो भन्ने केरामा ग्लोकोज र फकाइबर हुन्छ जसले तुरुन्त शरीरलाई ताकत दिन्छ ।

– यसका अलावा यो गुण स्याउ र सुन्तलामा पनि हुन्छ ।

– पालुङको तरकारीमा एकदमै धेरै आयरन हुन्छ । दिनमा एकपटक यो खादा शरीरमा ताकत महसुस गर्न सकिनेछ ।

– बदाममा प्रोटीन, म्यानेशियम र कपुरको मात्रा निकै बढी हुन्छ । यसलाई आफ्नो झोलामा राख्ने बानी गर्नुस् र काम गर्ने क्रममा बीच बीचमा खानुस् ।

– माछालाई खानासँग मिलाएर खानुस्, यसले शरीरमा चाँडै फूर्ती दिन्छ ।

– दिनमा खानासँग यदि एक चम्चा दही खानुभयो भने तुरुन्तै एनर्जी पाउन सकिन्छ ।

– अण्डालाई कुनै पनि रुपमा खानुस्, विहान नास्तामा खानुस् ताकत मिल्नेछ ।