१४ कार्तिक २०८३, शनिबार

योगेश भट्टराई भन्छन्- सरकारले काम गर्न पाएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai (1)

काठमाडौं, २९ पुस । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले असामान्य परिस्थितिमा गठन भएकाले सरकारले सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले आन्दोलनरत मधेसी मोर्चालाई अब आन्दोलन छोडी वार्ताका माध्यमबाट निकास निकाल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “सीमाङ्कनका विषयलाई केही महिनापछि मिलाउने गरी अन्य विषयमा सहमतिमा पुुग्न सकिन्छ ।”

नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले प्रधानमन्त्रीबाट हल्का अभिव्यक्ति आउनु देशका लागि लज्जास्पद भएको धारणा राख्नु भयो ।
उहाँले प्रधानमन्त्रीलाई हल्का र जनताको भावनामा ठेस पुग्ने खालका सार्वजनिक अभिव्यक्ति नदिन आग्रह गर्नु भयो ।
तराई मधेस सद्भावना पार्टीका नेता तथा मोर्चाका तर्फबाट गठित वार्ता टोलीका सदस्य रामनरेश रायले सरकार मधेसको समस्या समाधान गर्न गम्भीर नभएका कारण आन्दोलनको १५० दिन हुँदा पनि निकास निस्कन नसकेको आरोप लगाउनुभयो ।

प्रमुख तीन दलबीच नै कुरा नमिलेकाले मधेसी मोर्चासँग कुनै कुरामा सहमति हुन नसकेको बताउँदै उहाँले मोर्चाको ११ बुँदे माग सरकारले पूरा गर्ने वित्तिकै आन्दोलन फिर्ता हुने बताउनुभयो ।