१४ कार्तिक २०८३, शनिबार

मधेस आन्दोलनको मौकामा जुवा खेल्दाखेल्दै वीरगञ्जमा ८ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Card Tas Juwa

पर्सा, २९ पुस । तराईमा जारी आन्दोलनको मौका छोपी जुवा खेल्ने ८ जना पक्राउ परेका छन् ।

वीरगञ्ज उपमहानगरपालिका–४ स्थित मुन्ना खड्गीको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ५० हजार २ सय ६५ रूपैयाँ, १ हजार ३० भारतीय रुपैयाँ र ३ बुक ताससहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बीरगंज–१५ बस्ने कपिलबस्तु शिबनगर गाबिस–८ का ३४ वर्षीय राजेन्द्र पाण्डे, वीरगंज–१३ बस्ने ३५ वर्षीय राजेश शाह, वीरगंज–२ छप्कैया बस्ने ३५ वर्षीय बाजुल हक तेली, बीरगंज–१ बस्ने ३५ वर्षीय गोबिन्दकुमार शाह, बीरगंज–१२ बस्ने ३१ वर्षीय सन्दिप शाह, बीरगंज–६ बस्ने ३८ वर्षीय बुद्ध श्रेष्ठ तथा जुवा खेलेको खालमा बसेका बीरगंज–१ बस्ने ४० वर्षीय केदारप्रसाद कंकर र वीरगंज–३ बस्ने ३५ वर्षीय असगर अली अन्सारी रहेका छन् ।

यसैगरी बीरगंज उपमहानगरपालिका–१४ स्थित सुरेश लामा र रामवाबु शाहको ३ वटा अबैध घरेलु मदिरा भट्टी, तयारी मदिरा करीव १ सय लिटर, कच्चा पदार्थ २० हजार लिटर बुधबार प्रहरीले नष्ट गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

साथै मदिरा बनाउने २ थान मेशिन र ११ थान ड्रमसमेत प्रहरीले बरामद गरेको छ । भट्टी सञ्चालकहरू भागी फरार भएकोले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।