१४ कार्तिक २०८३, शनिबार

प्रध्यापकहरूलाई ओलीको चेतावनी, ‘तालाबन्दी, बन्द र हड्ताल गरे कडा कारबाही’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm Kp Oli Baluwatarकाठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेस निकट लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीहरूले भेट गरी विश्वद्यिालयहरूमा गरिने नियुक्तिमा आफूहरूको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

बालुवाटारमा आज बिहान संघका अध्यक्ष डा. उदय किशोर तिवारीको नेतृत्वको प्रतिनिधि मण्डलले विभिन्न विश्वविद्यालयहरू तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गर्न आग्रह गरेको हो ।

स्वच्छ रुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यबस्था मिलाउन संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै विश्वविद्यालयहरू राजनीतिक भागबण्डाका आधारमा नभइ निश्पक्षता र प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

ओलीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयहरूमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेहरूबीच पक्षपात नगरिने बताउनुृ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो शिक्षा र हाम्रा शिक्षण संस्थाहरू गुणस्तरीय हुनुपर्छ । जायज मागहरु पूरा हुन्छन् तर शिक्षण संस्थाहरू र अस्पताल जस्ता संस्थाहरूमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता काम गर्न हुँदैन । त्यस्ता काम सरकारलाई सैह्य हुँदैन ।’