
सिरहा, २९ पुस । सिरहाको एक पेट्रोल पम्पमा बम विस्फोट भएको छ ।
तराईमा आन्दोलनरत जनतान्त्रिक तराई जनशक्ति पार्टीले मंगलबार बेलुका सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोल पम्पमा बम बिस्फोट गरेको हो ।
५ महिनादेखि तराई मधेसमा आन्दोलन जारी रहेपनि गोपाल पेट्रोल पम्पले इन्धन कालोबजारी गरिरहेकोले चेतावनीस्वरुप बम बिस्फोट गराइएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले बताए ।
जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका जिल्ला इन्चार्ज अबिनास सिंहसहितका कार्यकर्ताहरुको समूहले बम बिस्फोट गराएको बताइएको छ । बम बिस्फोटले स्थानीयहरु त्रसित भएका छन् ।
घटनाको ईलाका प्रहरी कार्यालय मिर्चैयाले अनुसन्धान थालेको प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले बताए ।












प्रतिक्रिया