
मिचिगन, अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ ।
स्थानिय ज्योति एभरेष्ट तेक्वान्दो संघको हलमा सम्पन्न कार्यक्रममा डा राजेश पोखरेलको संयोजनमा डा हेम रेग्मी, डा सरोज
न्यौपाने, डा सिदार्थ यादब, डा धीरज यादब, डा प्रदिप खनाल, डा दिलिप खनाल, डा श्रिस्टि न्यौपाने, डा सधिक्षा लोहनी, डा रोशन आचार्य तथा डा सन्दिप कुवरले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
शनिवार भएको कार्यक्रममा ६२ जनाले निशुल्क स्वास्थ जाच तथा पारमर्श प्राप्त गर्नु भएको आयोजक च्याप्टरका अध्यक्ष जगनलाल श्रेष्ठ (विपिन)ले जानकारी दिए ।


















प्रतिक्रिया