काठमाडौं, २७ पुस । कर सम्बन्धि समस्याहरुको एकै स्थानबाट समाधान गर्ने उद्देश्यले तयार गरिएको मोबाईल एप्लिकेशन“TAXpert”प्लेस्टोरमा अपलोड भएको छ ।
भोल्कस सफ्ट प्रालि र युवा चार्टर्ड एकाउन्टेन्ट्सहरुको समुह मिलि तयार गरिएको यो एप्स मार्फत कर सम्बन्धि समस्या तथा जिज्ञाशाका समाधानहरु निःशुल्क प्राप्त गर्न सकिनेछ ।
के के छन त बिशेषता ?
यो एप्सले कर सम्बन्धि सम्पूर्ण समस्याको समाधान एउटै स्थानबाट दिने लक्ष्य राखेको छ । यो एप्समा तपाईले आफ्ना समस्यातथा जिज्ञाशाहरुको समाधान, कर बिज्ञहरुबाट तयार गरि डाटाबेशमा राखिएका हजारौ समाधानबाट केहि निमेशमै प्राप्त गर्न सक्नुहुन्छ ।
त्यस्तै, तपाईले तलबमा कर गणना, टिडिएसको गणना समेत यहि एप्सबाट गर्न सक्नुहुनेछ । त्यसका अतिरिक्त तपाईले करसम्बन्धि नियम, परिपत्र, निर्देशिका लगायतका महत्वपुर्ण कागजात पनि यहि एप्सको माध्यमबाट निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ ।
त्यस्तै कर कार्यालयले जारी गरेको महत्वपुर्ण सूचना तथा जानकारीहरु पनि तपाईले यो एप्सको नोटिस बोर्डमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।
कर तिर्ने म्याद बिर्सेर पटक पटक समस्यामा परेका करदातालाई यो एप्सले ठूलो राहत दिने यसको निर्माणपक्षको दाबी छ । अर्थात करदाताले आफ्नो ब्यबसायबारे जानकारी एप्समा एक पटक सेट गरिसकेपछि, कर तिर्ने मितिबारे यहि एप्सले अग्रिम जानकारी दिनेछ ।
तपाईले खोजेका समस्याको समाधानमा थप स्पस्ट हुन चाहेमा वा कुनै पनि समस्या तथा जिज्ञाशाहरुको ब्यक्तिगत तवरबाट समाधान खोज्नुपरेमा कर बिज्ञसँग निःशुल्क सम्पर्क गर्न मिल्ने गरि एप्सलाई तयार गरिएको छ ।
‘नेपालको दुर दराजमा भएका करदाता देखि लिएर सबै करदातालाई कर सम्बन्धि सहि सुचना तथा जानकारी दिई राष्ट्रको कानुन पालना गर्ने कार्यमा सहयोग गरि सम्भावित जरिवानाबाट मुक्त गराउनु नै यो एप्सको प्रमुख उद्देश्य हो ।’ भोल्कस सफ्ट प्रा.लि का सिईयो तुलसी दाहालले बताए ।
डाउनलोडको लागिः
https://play.google.com/store/apps/details?id=com.mobile.android.taxnotification वा, यो एप्सलाई डाउनलोड गर्नको लागि प्लेस्टोरमा गई “TAXpert” टाईप गरि खोजि गर्न सक्नुहुनेछ ।
नेपालका कर सम्बन्धि पछिल्ला अपडेटहरुतथा कर प्रसाशनका पछिल्ला निर्णय तथा सुचनाहरु https://www.facebook.com /NepalTaxExpert बाट पनि प्राप्त गर्नसक्नुहुन्छ ।















प्रतिक्रिया