
एजेन्सी । जनताबाट प्रतिनिधी चुनिएका एक सांसद आफ्नै बुहारीबाट लुटिएका छन् । सम्पूर्ण जनताले विश्वास गरेपनि उनलाई उनकै बुहारीले विश्वासघात गरेकी हुन् ।
घटना भारतको आगराको हो । आगराको फतेहाबादबाट बसपा(पार्टी)का विधायक(सांसद) छोटे लाल वर्माकी बुहारी शालिनी वर्मा १९ लाख नगद, २५ तोला सुन लिएर फरार भएकी छिन् । उनले साथमा पाँच वर्षीय छोरीलाई पनि लिएर गएकी छिन् । सांसदका छोराले ताजगंज प्रहरी थानामा उजुरी दर्ता गराएका छन् । फरार बुहारीको खोजी कार्यमा प्रहरी लागेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगराको फतेहाबादबाट निर्वाचित सांसद छोटे लाल वर्माका छोरा लक्ष्मीकान्त वर्मा ताजगंजस्थित पाश्र्र्व नाथ पंचवटी कलोनीमा परिवारसहित बस्थे । लक्ष्मीकान्तको एक इन्टर स्कूल र एक डिग्री कलेज छ । उनी मंगलवार अलीगढस्थित इन्जिनियर कलोनीमा बस्ने आफ्नी बहिनीको घर गएका थिए । राति करिब १० बजे फर्किएका लक्ष्मीकान्तले घरको ढोका खुलै पाए । घरभित्र गएर हेर्दा न पत्नी संगीता थिइन् न पाँच वर्षीय छोरी । पुरै घर चहार्दामा पनि छोरी र श्रीमती भेटिएनन् । छिमेकीमा गएर खोज्दा पनि भेटेनन् । फेरि घर फर्किदा उनको नगर अलमारीमा पर्यो । अलमारी पनि खुलै थियो । लकरमा राखिएको करिब १९ लाख रुपैयाँ २०÷२५ तोला सुन पनि गायब थियो । त्यसपछि उनले आफ्नो माइतीघर इन्द्रापुरम, राजपुरचुंगीमा सम्पर्क गरे त्यहाँ पनि छोरी र श्रीमती थिएनन् । संगीता वेपत्ता भएपछि ससुराल र माइती पक्षमा खलबली मच्चियो । परिवारजनले रातभरी उसको खोजतलास गरे तर, भेट्टाएनन् ।
संगीताले पहिला नै बनाएकी थिईन् भाग्ने योजना
बुधवार दिउँसो सांसद वर्माका छोरा लक्ष्मीकान्तले ताजगंज प्रहरी थानामा उजुरी दिएका छन् । प्रहरी भन्छ– संगीताविरुद्ध लुटपाट मुद्दा दर्ता गरेर खोजविन सुरु गरेका छौं । प्रहरी जाँचमा पत्ता लाग्यो कि घरमा लगाइएको सीसीटीवी क्यामेरा दिउँसो एक बजेदेखि बन्द गरिएको थियो । एक बजे भन्दा पहिलाको सीसीटीवी फुटेज भने देखिएको छ । यसले स्पष्ट हुन्छ कि संगीताले पहिला नै भाग्ने योजना बनाएकी थिईन् । प्रहरीले घरमा काम गर्ने नौकरानीसँग पनि सोधपुछ गरेको छ जसमा उनले भनिन्– म अपराह्न काम गर्न पुगेकी थिए । केही समयपछि मालिक्नीले बहाना बनाएर मलाई छुट्टी दिनुभयो । साँझ ५ बजेसम्म संगीतालाई छिमेकीले पनि घरमै देखेका थिए । यद्यपी प्रहरीले संगीताको कल डिलेट निकालिरहेको छ । त्यसपछि मात्रै घटनाबारे थप कुरा पत्ता लाग्ने बताइएको छ ।

















प्रतिक्रिया