२९ आश्विन २०८३, बिहिबार

गोरखा गाउँको मैदानमा फेरि कसले दियो बालकको नरबलि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

रायगढ, २४ पुस । भारतको छत्तीसगढ राज्यको रायगढ जिल्लामा प्रहरीले १४ वर्षीय बालकको टाउको काटेको अवस्थामा शव बरामद गरेको छ ।

शवभन्दा केही टाढा काटिएको अवस्थामा टाउको फेला परेको छ । टाउकोसँगै धारिलो चक्कु र पूजा सामाग्री बरामद गरिएका छन् ।

रायगढ जिल्लाका अतिरिक्त पुलिस अधीक्षक यू.बी.एस. चौहानले पाँच किलोमिटर टाढा कोतरा रोड थाना क्षेत्रअन्तर्गत गोरखा गाउँको मैदानमा करीव १४ वर्षका बालकको टाउँको काटिएको अवस्थामा शव फेला परेको बताएका छन् ।

घटनास्थलमा फेला परेको जलेको अगरबत्ती र बत्तीबाट प्रहरीले बालकलाई नरबलि दिएको आशंका गरेको छ । साथै प्रहरीले बदलाको भावनाले पनि बालकको हत्या भएको हुन सक्ने उल्लेख गरेको छ ।

सो घटनाका विषयमा जाँच सुरू गरेको अधीक्षक चौहानले बताएका छन् । प्रहरीले शवको सनाखत हुन नसकेको जनाएको छ । किशोरको हत्या धारिलो चक्कुले घाँटी रेटेर गरिएको छ । एजेन्सी