
एजेन्सी । कलियुगमा आफ्नै छोराका साथीसँग आमाले अनैतिक सम्बन्ध राखेको घटना सार्वजनिक हुन थालेको छ ।
आफ्नै साथीसँग आमाले प्रेम र शारीरिक सम्बन्ध राख्दा छोराले दुबैको हत्या गरिदिएका छन् । दुबैको शवलाई अलग अलग ठाउँमा फालिदिएका छन् । प्रहरीले दुबैको शव बरामद गरेको छ । महिलाका दुबै छोरालाई पक्राउ गरेको छ ।
यस्तो छ घटना विवरणः
घटना भारतको कानपुरको हो । जिल्लाका वरिष्ठ पुलिस अधीक्षक शलभ माथुरले घटनाबारे यसरी जानकारी गराए ।
कल्याणपुरको रोशन नगरमा इमरान र कामरान आफ्नी आमा राबिया बेगमसँग बस्दै आएका थिए । राबिया जनावरको गोबरबाट बन्ने गुइठाको कारोबार गर्थिन् ।
रञ्जीत नामका युवक गुइठालाई आफ्नो टांगाबाट होटलहरुमा लगेर बेच्थे । रञ्जीत सधै राबियाको घर आउथे जसका कारण उनको राबियाका छोरा इमरान र कामरानसँग पनि भयो । रञ्जीत अधिकांश रात यिनकै घरमा सुत्थे । एक दिन छोराले इमरान मध्यराति आफ्नी आमाको कोठामा जान ढोका खोल्दा रञ्जीत र आमालाई बिस्तरामा आपत्तिजनक अवस्थामा भेट्टाए । त्यसपछि दुबै छोरा मिलेर आमा र साथी रञ्जीतको हत्या योजना बनाए ।
र आइतबारका दिन ४८ वर्षीय आमा राबियाको हतया गरेर शवलाई बोरामा हालेर नदीमा फालेर आए । दोस्रो दिन रञ्जीतलाई घरमा बोलाएर घाटी थिचेर हत्या गरी बीच सडकमा फलिदिए । दुबैको हत्या मध्यराति नै भएको थियो ।
रञ्जीतका परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा यो घटना बाहिर आएको हो । बरिष्ठ प्रहरी अधिक्षक माथुरका अनुसार मंगलबार दुबै अभियुक्तलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ ।















प्रतिक्रिया