
एजेन्सी । पहिले पहिलेका छोरी मान्छे घरबाट बाहिर निस्किन पनि डराउँथे ।
तर, आजभोलीका महिलाहरु रेष्टुरेन्टमा तमाशा देखाउनेसम्म भइसकेका छन् । अमेरिकाको अलास्कामा रहेको एक रेष्टुरेन्टमा एक महिलाले पुरै कपडा खोलेर नाङ्गिएपछि ग्राहकहरु हेरेका हेर्यै भएका छन् ।
नाङ्गिएर ति महिलाले तमाशा देखाएपछि माहोल झन तात्यो । तमाशा देखाउँदा ति महिलाले रेष्टुरेन्टको करिब २० हजार डलर बराबरको सामाम्री तोडफोड गरिन् ।
एक अंग्रेजी वेवसाइटका अनुसार रेष्टुरेन्टमा जडान गरिएको सीसीटिभी क्यामेराको फुटेजमा एक महिला रेष्टुरेन्टमा छिरेको देखिएको छ । त्यो बेला रेष्टुरेन्टमा धेरै ग्राहक थिए । अचानक यी महिलाले सबैका अगाडि आफ्ना कपडा उर्तान सुरु गरिन् र पुरै नग्न बनिन् ।
अचानक भएको यो घटनाक्रमले अन्य ग्राहकहरु अचम्म परे । त्यसपछि ति महिलाले रेष्टुरेन्टमा दौड्न सुरु गरेर कुर्सी टेबल तोड्न थालिन् । महिला यतीमा रोकिइनन् । उनले त्यहाँ राखिएका कम्प्युटर र अन्य इलेक्ट्रोनिक सामाग्री पनि तोडफोड गरिन् ।
रेष्टुरेन्टका वेटरलाई महिलालाई सम्हाल्नै मुश्किल भयो । त्यसपछि प्रहरी बोलाएर उनलाई नियन्त्रणमा लिइयो । समाचार अनुसार ति महिला ड्रग्सको नशामा थिईन् जहाँ उनी अचेत थिईन् । ति महिला हुन् ३५ वर्षीय निक्की अबरेल । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि प्रहरीले विभिन्न अभियोगमा मुद्दा दर्ता गरेको छ ।















प्रतिक्रिया