३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा बस्याल (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onf-Korea

सोल, कोरिया । प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा शालिक ग्राम बस्याल चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च(ओएनएफ)को पाँचौ अधिवेशनबाट बस्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा दुर्गा प्रसाद न्यौंपाने, मिना थापा मगर र महेश्वर भण्डारी रहेका छन् । यसैगरी महासचिव शिवलाल पन्थी, सचिवहरु रमेश कुमार मगर र सन्जिव कुमार राई, कोषाध्यक्ष कृष्ण खडका, सह–कोषाध्यक्षमा राजुलाल तामाङ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा आनन्द अधिकारी, प्रेम प्रसाद पौंडेल, प्रकाश अधिकारी, डिल बहादुर पाण्डे र कृष्ण बहादुर राणाभाट, र डम्बर बहादुर साउद रहेका छन् ।

कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका महासचिव ईश्वर पोखलेरलले नवगठित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । यसैगरी निवर्तमान अध्यक्ष गोविन्द गाँउलले कार्यक्रम सफल पार्ने सम्पूर्ण पदाधिकारी, संघ संस्था तथा अतिथि लगायत सबैमा धन्यवाद ज्ञापन गर्दै बन्द सत्रको लागि निर्वाचन मण्डलको घोषणा गरेका थिए ।

Onf-Korea-2Onf-Korea-3 Onf-Korea-1