७ कार्तिक २०८३, शनिबार

ओलीका एकदर्जन भित्रिया आउट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र उपाध्यक्ष विद्या भण्डारी शीतल निवास प्रवेश गरेपछि ओली समूहमा सन्तुष्टि होइन, तीव्र असन्तुष्टि छाएको छ ।

ओली समूहका लागि ज्यानको बाजी थाप्दै आएका राजनीतिक सांगठनिक रुपमा सक्रिय, जनाधार भएका सिद्धान्तनिष्ठ केही युवा नेता तथा कार्यकर्ताहरु अहिले बालुवाटार दरबार र शीतलनिवास दरबारबाट आउट भएको खबर प्राप्त भएको छ ।

एमालेभित्र ओली समूहका लागि दिलोज्यान दिएर लागेका युवाहरु युवराज बास्कोटा, देवारज घिमिरे, दीपक कार्की, शम्भु श्रेष्ठ (वरिष्ठ पत्रकार), घनेन्द्र बस्नेत,  विनोद ढकाल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, हिक्मत कार्की, दयालबहादुर शाहीलगायतकाहरु अहिले उपेक्षाको सिकार भएका छन् ।

ओली समूहका लागि मर्न पनि तयार यी व्यक्तित्वहरुलाई बालुवाटार र शीतल निवासबाट कुनै खोजखबर नगरिएको भन्दै असन्तुष्टि बढेको छ । साँघु साप्ताहिकमा खबर छ ।