७ कार्तिक २०८३, शनिबार

‘डन’ पर्शुरामलाई गृहमन्त्रीको क्वाटरमा यसरी भयो स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parshuram-Basnetकाठमाडौं । विशेष धन्दाको मामिलामा चर्चामा आउने गरेका एमाले नेता पर्शुराम बस्नेत जब गृहमन्त्री शक्तिबहादुर बस्नेतको क्वार्टरमा छिर्छन्, तब त्यहाँ विशेष रौनक सुरु हुने गर्दछ । उनलाई देख्नेबित्तिकै गृहमन्त्री बस्नेतकी श्रीमती आफ्ना कामदारलाई अर्डर दिँदै भन्ने गर्छिन् – अरुलाई चिया ल्याउनु, पर्शुराम बाबुलाई कफी ।’

एमालेका पूर्व डन पर्शुराम बस्नेत दाजुभाउजुको साइनो लगाउँदै गृहमन्त्री बस्नेतको क्वार्टरमा देखिन थालेका छन् । पर्शुराम केही दिनअघि मोरङतिरका एकजना प्रहरी अधिकृत लिएर मन्त्री क्वार्टरमा छिरेको समाचार स्रोतले जनाएको छ । पूर्वाञ्चलमा उठ्तीको व्यवसाय चलाएका बस्नेत सत्या पहाडीको कहिलेदेखि देवर भए ? एमाओवादीमा चर्चा छ ।

एमाओवादी अध्यक्ष प्रचण्डका नातागोता चीन घुम्न पठाउँदा पार्टीभित्र रुनु न हाँस्नुको अवस्थामा पुगेका गृहमन्त्री बस्नेतको अर्थ संकलन काण्डले उनको पद नै धरापमा पर्ने संकेत देखिएको छ ।

बस्नेतका पिए बिन्दमान बिष्टले सशस्त्र प्रहरी कामु महानिरीक्षक दुर्जुकुमार राईसँगै आर्थिक सहयोग त गर्नुपर्यो नि भनेर हात थापेको कुरा प्रचण्डकोमा सीधै पुगेपछि गृहमन्त्री बस्नेतको जागिर धरापमा परेको हो । तरुण साप्ताहिकमा खबर छ ।