७ कार्तिक २०८३, शनिबार

जनसंख्यामन्त्री पासवानको वास्तविकताको रहस्य यसरी खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisendra-Paswanकाठमाडौं, २० पुस । जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान आफूलाइ साइकल मैत्री सावित गर्न आक्कलझुक्कल साइलकमै मन्त्रालय, संसद र औपचारिक कार्यक्रममा देखिन्छन् ।

आफूलाई सामान्य देखाउन पासवानले जतिसुकै कसरत गरेपनि वास्तविकता अर्कै छ ।

प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्डलाई समेत वातावरणमैत्री अभियान भन्दै साइकल दिएर चर्चा कमाउन खोजेका पासवानका आँखा मन्त्रालय मातहतका विभाग, आयोजना, परयोजनका राम्रा, महँगा र सुविधायुक्त गाडीमा गाँडेका छन् ।

मन्त्रालयमा दईवटा झण्डावाल गाडी हुँदा हुँदै पासवानले जल तथा मौसम विज्ञान विभागअन्तर्गत परियोजनाको बा २ झ ९७९ नम्बरको स्कार्पियो मन्त्रालयमा तानेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।