७ कार्तिक २०८३, शनिबार

कतारमा नेपाली कामदारलाई यस कारण दिइयो मृत्यु दण्डको सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hanging_5काठमाडौं, २० पुस । कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ ।

अदालतले गत बिहीवार नेपाली नागरिक साहताज शेख समेतलाई मृत्युदण्ड दिने फैसला गरेको हो ।

उनको पूरा विवरण खुलेको छैन । मृत्युदण्ड दिइएका चार अन्य बंगलादेशी रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल हुन् ।

अदालतमा पेस गरिएको विवरणअनुसार उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एउटा कोठामा हत्या गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।