काठमाडौं, २० पुस । भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी नेपाली रुपियाँ नेपाल–भारत सीमामा होल्ड भएर बसेको छ ।
भारतीय रुपैयाँ साट्न नपाई ठूलो परिमाणमा होल्ड भएको यस्तो रकमका कारण नेपाली बजारमा भारुको अभाव झनै बढ्नेछ ।
भारु साट्न नपाएपछि विकल्पमा सुनचाँदीबाट भुक्तानी हुँदा यसको अवैधानिक कारोबार बढेर जान्छ ।
नाकाबन्दीपछि नेपाली उपभोक्ताले तस्करीबाट पेट्रोलियम पदार्थ खरिद गर्दा खर्च गरेको रकम भारु साट्न नपाएका कारण सिमानामा होल्ड भएको हो ।
नेपाली रुपैयाँ होल्ड भएको अनौपचारिक जानकारी राष्ट्रबैंकमा पनि आइपुगेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
भारतले असोजदेखि लगाएको नाकाबन्दीपछि नेपालमा अधिकांश इन्धन आपूर्ति तस्करीबाट हुने गरेको छ ।
सामान्य अवस्थामा मासिक १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ भारतबाट आउने गरेकोमा मंसिरसम्म तीन महिनामा जम्मा १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।















प्रतिक्रिया