२९ आश्विन २०८३, बिहिबार

नेपालको चाबी विदेशमा छ भनेर त्यसै भनेका हैनन् बाबुरामले !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai-stage

श्रीमती लोग्नेको अधीनमा भएझै नेपाल भारतको अधीनमा छ भन्दा फरक नपर्ला । हालका नेपालका लागि भारतीय राजदूत रञ्जीत रे राजदूत नभएर नेपालका राज्य पाल जस्तोमात्रै देखिएका छन् । रुपमा राजदूत देखिएतापनि सारमा उनी राज्य पाल नै हुन् । प्रान्तीय राज्य पालले मुख्यमन्त्रीलाई शपथ खुवाउने, मन्त्रीमण्डल गठन गर्न आदेश दिने गर्नु राज्यपालको कर्तव्य अन्र्तगत पर्दछ । तर राजदूत हामीकहाँ पूर्ण राजनीतिक हस्तक्षेप गर्दछन् । नेपालका राजनीतिक दलले भारतीय राजदूतलाई भेट दर्शन पाउनु गौरवको विषय ठान्दछन् । वर्तमान सत्ताधारी दल पनि भारतीय नाटककै खलनायकहरु हुन भन्नुमा अतियुक्ति हुँदैन । प्रचण्ड अझ अगाडि छन्, बाबुरामलाई भारतीय दलालको रंगपोत लगाएर आफू जनताबाट बच्ने दुष्प्रयास गर्दैछन् । चीनले नेपालमा भरिपूर्ण सहयोग गर्दछु भन्दाभन्दै गर्न नदिने हालका पात्र केपी र प्रचण्ड नै हुन् । कुनै पनि स्वाधीन मुलुकमा यस्ता गतिविधि हुँदैनन् ।

२०४६ पछि जरा गाडेको रअ र यो सञ्चालित एजेन्ट जो तेश्रो दर्जाका हुन्छन् नेपालका राजनीतिक दलहरु तिनलाई भेट्न आतुर व्याकुल हुन्छन् अनि विश्वास दिलाउन सक्ने सत्ताधीन हुन पुग्छन् वाहिरिनेले नक्कली राष्ट्रवादको जामा पहिरेर जनतामा भ्रम छर्न उद्यत हुन्छ । रअको मुख्य काम नेपालमा असली राष्ट्रबादको जरो उखेल्नु, जनताबाट नंग्याउनु यदि त्यसो हुन नसके हत्या गर्नु प्रथम र दोस्रो दर्जाका अधिकारीले गर्ने गर्छन् यसको ज्वलन्त नमुना हो, मदन भण्डारी र राजा विरेन्द्र ।

Yagya-Thapa
लेखक यज्ञ थापा

राजा वीरेन्द्रको वंश नाश र भारतमा मोदीको सत्ता आवागमनसंगै नेपालमा राजसंस्था वा राजतन्त्रसहितको एकल राज्य पुर्नस्थापना हुनेछ भन्ने अनुमान निरर्थक सावित भयो । राजसंस्था भारत विरोधी संस्था राजा महेन्द्र र विरेन्द्रले पटकपटक प्रमाणित गरिदिए पछि भारत रुष्ट हुनु स्वभाविक थियो । २०४६ सालको चैत्र २६ को आन्देलनलाई भारतले विजय उत्सव मनायो । नेपाल स्वाधीन, स्वतन्त्र, सार्वभौमसत्ता सन्पन्न राष्ट्र हो भन्ने भारतले गलत प्रमाणित गरिदियो । मोदी हिन्दू चरित्रका हुँदाहुँदै पनि विस्तारवाद र साम्रज्यवादका नाइके हुन् भन्ने भुल्नु गलत सावित हुन्छ ।
नेपाल भारतको संरक्षित राज्य जस्तै बनेको छ । १८१६ को सुगौली सन्धि पछि नेपाल आमाले कुनै त्यस्तो सन्तान जन्माउन सकिनन् जसले नेपालको स्वाधीनता अनुभूति गरोस् । नेपाली विडम्वना के भने जंगबहादुर राणा देखि हालसम्म नेपाललाई सबै राजनीतिक दलका नेतृत्वले नेपाल स्वाधीन, स्वाभिमान, स्वतन्त्र छ भनेर भारतीय गायत्री मन्त्र पनि जप्न छोडेनन् ।

राजा महेन्द्रले २०१७ साल पौष १ गते कू गरे तर भारतले यसको बदलामा निरन्तर २० वर्ष आर्थिक नाकावन्दी लागू गर्यो । सत्ता संकटमा पुग्यो । भारतले आफ्ना पात्रहरु नेपालमै उत्पादन गर्न थाल्यो । नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टी भारतमा नै गठन भए, भारतकै नीति निर्देशन उपर काम गर्न थाले । पञ्चायतको अवशानपछि भारतले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप र नियन्त्रण गर्न थाल्यो । भारतले नेपाललाई स्वाधीनता नियन्त्रण गर्नुको पछाडि कारण के छ ?

१, नेपाल र भारत बीचको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक सम्वन्ध एकै प्रकारको हुनु,

२, नेपालको प्राकृतिक स्रोत र सम्पदाको प्रचुर खानी हुनु

र,

३, रणनीतिक रक्षाको दृष्टिकोणलले नेपाल सामरिक महत्वको हुनु ।

नेपाललाई स्वाधीन मुलुक बन्न नदिने मुख्य आधार पनि यिनै हुन् ।

दुई ठूला विश्वयुद्धपछि आफूलाई निरन्तर शक्ति राष्ट्रमा नै स्थापित गराइ रहने र उदयीमान राष्ट्रहरु आफूलाई शक्ति राष्टरुपमा स्थापित गराउने होडमा लागे । चीनले आफूसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्वबध एउटै भएका राष्ट्रलाई आफ्नो दबाबमा राख्न थाल्यो भने भारतले पनि निरन्तरता दियो ।

भारतले नेपालको अकुत प्राकृतिक स्रोत र सम्पदामाथि तिखो नजर लगाइरहेको छ । विश्वकै सर्वाधिक जलस्रोत भएको देश जुन पहाड भएर बग्ने गर्छ लगायत अन्य थुप्रै स्रोतहरु भारतको अनुमतिमा मात्र चल्छ । यी स्रोत हात लगाउने जोडमा छ । नेपाली स्वयमलाई स्रोत र सम्पदाको उपयोग गर्न पाउने अधिकार राख्दैनन् । नेपाललाई समुन्नत नेपाल भएको भारत देख्न चाहँदैन यदि यसो भयो भने भारत चीन भन्दा धेरै पछाडि पर्नेछ । नेपाललाई अस्थीर बनाउने तिब्बत लामाहरुलाई नेपालमा चीन विरोधी गतिविधिमा संलग्न गराउने र तिब्बतलाई अलग र स्वाधीन मुलुक बनाउने भारतीय रणनीतिक गुरु योजना हो । तिब्बत अलग हुदासाथ तिब्वबले भारतको साथ दिनेछ । विश्व उदयीमान चीनलाई आर्थिक र सामाजिक रुपमा ध्वंश गर्नु भारतीय योजना अन्र्तगत नै पर्दछ । नेपाल समृद्ध हुन गए लामाहरु नेपालमा खेल्न नपाउने र चीनलाई छियाछिया पार्न नसकिने तथ्य भारतले राम्ररी बुझ्दै आएको छ । भारत र चीन बीचकै आन्तरिक शीत युध्दको परिणाम नेपालले यो नियति भोग्नु परेको हो । चीनलाई कमजोर बनाउने योजनामा भारतले नेपाललाई लामो समयसम्म नाकाबन्दी लगाउन सक्छ, यो भारतको नौलो चुनौतिको विषय पनि होइन । नेपाली अनुहारका भारतीय प्रयोग गर्नु भारतको सफलताको द्योतक हो । नेपालका राजनीतिक दल भारतकै गोटी हुन् त्यसैले तत्कालीन प्रधानमन्त्री बावुराम भट्राईले नेपालको चाबी विदेश छ भनेर तीतो सत्य अभिव्यक्ति गरेका थिए । यसरी नेपाललाई भारतले आफ्नो सामारिक रणनीतिकस्थलको रुपमा उपयोग गर्दै आएको छ ।

अन्तिम र महत्वपूर्ण कुरा के भने भारतका यी गतिविधिले के संकेत गर्न खोजिरहेको छ भने नेपाल भारतकै एउटा प्रान्त हो र सर्वसम्मत रुपमा नेपाल भारतमा विलय होस् । यसो हुदासाथ भारतीय सपना पूरा हुने चीनलाई टुक्राउने सजिलै सकिने र विश्वमा महाशक्ति राष्ट्रको रुपमा आफैलाई स्थापित गर्न सकिने बुझेको छ । तिब्बतलाई स्वाधीन र स्वतन्त्र मुलुक बनाउन सकियो भने चीनसँग रहेका अन्य अनिस्थ मुलुक पनि स्वाधीनतका लडाँइ लड्ने र चीन क्षतविक्षत हुने प्रष्ट पनि छ । यता नेपाल भने स्वाधीनता गुमाउने तर नेपाल प्रान्त भने शक्तिशाली बन्न सक्ने वा अहिलेकै नेपाली आर्थिक अवस्था भने नरहने र नाकाबन्दीको मार खेप्नु नपर्ने नेपाली सम्पदाको उपयोगमा नेपाली वर्चस्व कायम राखिरहन दिने भारतीय योजना हुन सक्छ । यसर्थ भारत पटकपटक नेपालसँग हामी नेपाललाई समृध्द गर्न चाहान्छौ भनी भन्दै आएको छ । तर नेपालका राजनीतिक दल जनताबाट नांगिने डरले नक्कली राष्ट्रवादको नारा ओकेली रहेका छन् वास्तवमा भ्रम हो ।

नेपालको कर्मचारीतन्त्रदेखि राजनीतिक दलसम्म भारतीय पहुँच छ । यसरी नेपाल स्वाधीन मुलुक रहन सकेन र बनेन । नेपाल आमाले आफ्नो पहिचान खोजेकी छन् तर सन्तान जन्मन सकेका छैनन् । नेपाल भारतको क्रिडास्थल भूमि हो । या त नेपाल पूर्ण स्वाधीन बन्न सके नेपाली शैलीमा कायापलट हुनेछ या त भारतले विलय गराए केही अवस्था सुध्रन सक्छ । स्वाधीन मुलुक बनाउन तेस्रो उपाय छ ? हाल त्यस्तो कुनै सम्भावना देखिँदैन । वस्तुगत अवस्था र आत्मगत अवस्था कमजोर छ । विकल्प आन्दोलन वा राष्टिय मुक्ति युध्द नै हो । चीन भारत शक्ति सन्तुलनको अवस्थामा छन् । चीन भारतलाई चिढाउने पक्षमा छैन् । नेपालको राष्ट्रिय मुक्ति आन्दोलनलाई सहयोग हिजो पनि गरेन र आज पनि तटस्थ बस्न चाहन्छ भने नेपाली सेना पनि राष्ट्रिय मुक्ति युध्दलाई सर्मथन गर्दैन । यही कडीनेर नेपाल आमा आफ्नो अस्तित्व खोजिरहेकी छन् । एउटा सबल पक्ष के भने नेपाली जनता राष्ट्रिय स्वाधीनताको लडाँइ हिजो पनि लडे, आज पनि लडछ्न् तर त्यो अनाआवश्यक बलिदानी हुन्छ । जुनसुकै दल वा नेता अन्ततस् भारतमुखी भएर प्रस्तुत हुन्छ । यो अवस्था नेपालीले कहिलेसम्म झेल्ने नेपालीबीच ज्वलन्त प्रश्न आएर बनेको छ । के नेपाल स्वाधीन बन्ला ?