१३ कार्तिक २०८३, शुक्रबार

पुस २७ गते पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prithviकाठमाडौँ, १७ पुस । नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी जयन्ती पुस २७ लाई भव्यताका साथ मनाउने भएको छ ।

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा पुस २७ गते प्रज्ञाप्रतिष्ठानले बिहान बग्गीसहित सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको प्रतिमासम्म जाने र पृथ्वीनारायणको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल निर्माणको प्रक्रियालाई विवादमा पारेर ओझेलमा पार्ने कोसिस गरिएकाले प्रज्ञाले यो वर्षबाट पृथ्वी जयन्ती मनाउन लागको हो ।” कुलपति उप्रेतीले सरकारले पृथ्वी जयन्ती मनाउन औपचारिक रुपमा निर्णय नगरेपनि राष्ट्रिय एकीकरणको उद्देश्य र पृष्ठभूमिको स्मरण गराउन प्रज्ञाले पृथ्वी जयन्ती मनाउन लागेको बताउनुभयो । उहाँले पृथ्वीजयन्तीलाई सरकारले पहिलेकै जस्ते मान्यता दिनुपर्दछ भन्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले पृथ्वी जयन्ती मनाउन प्रज्ञाले २९४ औँ पृथ्वीजयन्ती नागरिक समारोह समिति, नेपाल इतिहास सङ्घसँग सहकार्य गरेको जानकारी दिनुभयो । उहाँले देशमा राष्ट्रिय बिखण्डताका कुरा बढिरहेका बेला राष्ट्रिय एकताको खाँचो झन् बढेर गएको स्पष्ट पार्नुभयो ।

प्रज्ञाले पुस २७ गते दिउँसो नेपालको राष्ट्रिय एकता एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा पृथ्वीनारायणको दिव्योपदेशले दिएको आर्थिक समृद्धिका आधार, राष्ट्रिय एकीकरणमा जनजातिको सहभागिताको विषयमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । ६२/६३ सालको जनआन्दोलनपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यो वर्षबाट पुनः मनाउन लागिएको हो । रासस