कपिलवस्तु, १६ पुस । जिल्लाको बहादुरगञ्जबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहादुरगञ्ज गाविस–६ का ४५ वर्षीय मुस्ताक अहमद र सोही स्थानका १८ वर्षीय रिजुवान अन्सारी रहेका छन् ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जको प्रहरी टोलीले यी दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताउनुभयो ।
पक्राउ भएका दुबै जनालाई हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया