१३ कार्तिक २०८३, शुक्रबार

सुनसरीको छिटाहामा दुई घरमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoइटहरी, १७ पुस । सुनसरी जिल्लाको दक्षिणी क्षेत्र छिटाहा गाविस–४ मा गएराति दुई घरमा अकस्मात आगलागी हुँदा कम्तीमा रु दश लाख भन्दा बढीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिन्देश्वरी मेहताको घरबाट सुरु भएको आगोले छिमेकी वासुदेव मेहताको घरसमेत जलेर खरानी भएको छ । आगलागीबाट विन्देश्वर वासुदेवको घरमा भएका चलअचल सम्पत्ति पूरै जलेर नष्ट हुँदा रु दश लाख भन्दा बढीको नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको बताएको छ ।

मेहता परिवारको घरमा लागेको आगोका विषयमा अनुसन्धान भई रहेको तथा ती दुबै घरमा लागेको आगोलाई स्थानीयवासी र प्रहरीको सक्रियतामा राति नै नियन्त्रण गरिएकाले अरु बढी नोक्सानी भने हुन नपाएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस