१३ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकल चोरी गरेको आरोपमा एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motorcycle-choriमहोत्तरी, १७ पुस । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा आज बिहान महोत्तरीको गौशालाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले लक्ष्मीनियाँ–३ का १८ वर्षीय दिनेशकुमार महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

केही दिनअगाडि महोत्तरीको भरतपुर–५ का सञ्जय महतोको घरबाट वी आर ०१–५९९६ नम्बरको भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गरी फरार रहँदै आएको दिनेशलाई मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

आज बिहान सो मोटरसाइकल गौशालास्थित महावीर ग्यारेजमा मर्मतका लागि ल्याएको समयमा सुराकीका आधारमा इलाका प्रहरी कार्यालय गौशालाका टोलीले दिनेशलाई पक्राउ गरेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । सो घटनामा संलग्न अन्य तीनजना फरार रहेकाले खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । रासस