१३ कार्तिक २०८३, शुक्रबार

आगो ताप्ने क्रममा जलेर गुल्मीमा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aagoगुल्मी, १७ पुस । गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर बिहीबार बेलुकी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विशुखर्क–१ बजेनी निवासी ३६ वर्षीय झकबहादुर सार्की रहेका छन् ।

शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी मदिरा सेवन गरेर घरमै बसेर आगो ताप्दै गर्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ ।

खाना खाएर सार्कीकी श्रीमती र छोरी नजिकैको होटेलमा टेलिभिजन हेर्न गएको अवस्थामा सार्की घरमै आगो ताप्दै बसेको बताइएको छ ।

आगोले झकबहादुरको शरीर पहिचान गर्न नसक्ने गरी पूरै जलेको छ । आगलागी कसरी भयो भन्ने बारेमा अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ । रासस