
भक्तपुर, १६ पुस । प्रेस चौतारी भक्तपुरको अध्यक्षमा पुनः सोम शर्मा बजागाई सर्वसम्मत चयन भएका छन् ।
बिहीबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका शर्मा नेपाल टेलिभिजन र समय समाज साप्ताहिकमा कार्यरत छन् ।
यसैगरी उपाध्यक्षमा कबिता थापा (गोरखापत्र दैनिक), सचिवमा रामचन्द्र प्रजापति (परिर्वतनशील आवाज साप्ताहिक), सह-सचिवमा हेमराज ढकाल (रातोपाटी/समदूरी साप्ताहिक) र कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ (सगरममाथा टेलिभिजन) चयन भएका छन् ।
सदस्यमा जयराम बास्तोला (इमेज टेलिभिजन), जितेन्द्र न्यौपाने (अरनिको टेलिभिजन), सबिता हाडा (समज समाज साप्ताहिक) लगायतका १३ सदस्य नयाँ कार्य समिति सर्व सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनमा प्रेस चौतारीको आर्थिक कोष निर्माणमा सहयोग गरेको भन्दै प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डेलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया