३० आश्विन २०८३, शुक्रबार

आईसीसी सदस्य सोम सापकोटा युकेमा सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Som-Sapkota (2)

लण्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपसंयोजक तथा वर्तमान आइसीसी सदस्य सोम सापकोटा यूरोप भ्रमणका क्रममा सम्मानित भएका छन् । डेनमार्कबाट युकेको भ्रमणमा रहेका सापकोटा यतिबेला यूके भ्रमणमा रहेका छन् ।

बाग्लुङ रिघामा निर्माण गर्न लागिएको उदय रिघा बुद्ध बिहार तथा बुद्ध स्तुपा निर्माण अभियानको अन्तर्राष्ट्रिय संयोजक तथा बाग्लुंग दरमखोलाबाट निकाल्ने भनिएको ७ मेगावाट विद्युत उत्पादनका अन्तर्राष्ट्रिय संयोजकले बुद्ध विहार तथा बुद्ध स्तुपा निर्माण गर्नका लागि डेनमार्क, कतार, युके लगायत अन्य देशबाट केहि समयमा नै १० लाख संकलन गरिसक्नुभएको जानकारी उहाँले दिनुभएको छ ।

बाग्लुंगको रिघामा बुद्ध बिहार तथा बुद्ध स्तुपा निर्माण गरी बाग्लुंग जिल्लालाई धार्मिक पर्यटन स्थलको जिल्लामा रुपमा मुलुक बाहिर रहेर रचनात्मक कार्य गरी चिनाउने अभियानमा लागेका सापकोटालाई युकेमा २ वटा संस्थाले सम्मान गरेको हो ।

Som-Sapkota (1)

युकेमा गठित बाग्लुंग रिघावासीहरुको सामाजिक संस्थाको तर्फबाट डा. भिम काउचाले सम्मान गरेका थिए भने युकेको स्वीङडममा रहने गल्कोटवासीहरुको तर्फबाट बाग्लुंग सेवा समाजका अध्यक्ष दिपक काउचाले विगत लामो समय देखि प्रवासमा रहेर देशको शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, पारम्परिक लोकबाजा र लोकसंस्कृति तथा धार्मिक संरचनाको संरक्षण, संवर्धन र प्रवर्धन, असहाय, दृष्टिविहिन, विकलांगहरुलाई व्यक्तिगत रुपमा र संस्थागत रुपमा गर्नुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताएका छन् ।

रिघामा निर्माण गरिने भनेको उदय रिघा बुद्ध विहार र बुद्ध स्तुपाको महत्वाकांक्षी अभियानका विदेश अभियन्ता सापकोटाले दरमखोलाबाट निकाल्ने भनिएको ७ मेगावाट जल उर्जाका लाग्ने लागतका पनि त्यतिकै सक्रिय भएर विश्वव्यापी अभियान चलाएका छन् ।

हाल सम्म बुद्ध स्तुपा र बुद्ध विहार निर्माणको लागि १० लाख संकलन भइसकेको बताउँदै अबको केहि समयमा नै थप २० लाख उठ्ने संभाव्यता आफुले प्राप्त गरिसकेको बताएका छन् । सो अवसरमा सापकोटाका लागि दिवा भोजको व्यवस्था पनि गरिएको थियो ।