१३ कार्तिक २०८३, शुक्रबार

पूर्वाञ्चल विश्वविद्यालयमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य गर्न युवा संघको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoकाठमाडौँ, १६ पुस । सरोकार भएकाहरुले पूर्वाञ्चल विश्वविद्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरेका छन् ।

युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले चार वर्षमा सकिने इन्जिनियरिङ अध्ययन छ वर्षमा पनि नसकिने लगायत समस्या समाधान गर्न सुझाव पनि दिए ।

कार्यक्रममा नेकपा (एमाले)का नेता एवम् पूर्वशिक्षामन्त्री प्रदीप नेपालले विश्वविद्यालयको सुधारका लागि त्यसको केन्द्रीय कार्यालयलाई विराटनगरबाट मोरङको गोठगाउँमा सार्नुपर्ने, कर्मचारी भर्ना गर्दा नियमसङ्गत हुनुपर्ने, विश्वविद्यालयको पात्रो प्रयोग गरी सोहीअनुसार चल्नुपर्ने र एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले विश्वविद्यालयलाई नयाँ ढङ्गले सञ्चालन गरिने र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

सङ्घका उपाध्यक्ष दिलु पन्तले ९५ प्रतिशत विश्वविद्यालय काठमाडौँ केन्द्रित रहेको बताउँदै गोठगाउँमा २०५ बिघामा रहेको प्रशासनिक भवनमा मेडिकल कलेज सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले गोठगाउँमा रहेको प्रशासनिक भवनमा रहेको करोडौँ पर्ने चिकित्सासम्बन्धी सामानको व्यवस्थापन गर्नुपर्ने, मापदण्ड बनाएर कर्मचारीको नियुक्ति गर्नुपर्ने लगायत माग गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री देवी ओझा, विश्वविद्यालयका भिसी धनश्यामलाल दास, डा. निरज पाण्डे, पूर्व भिसी जगत केसी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोदहरि गुरागाई, टेक्नी इन्जिनियरिङ कलेजका प्रिन्सिल प्रदीप पौडेल, शिक्षा मन्त्रालय सहसचिव डा. हरि लम्साल लगायतले बोल्नुभएको थियो ।

यसैगरी युवा संघका महासचिव किरण पौडेल, परशुराम बस्नेत, रमेश पौडेलेले पनि आफ्नो धारणा राख्नुभएको युवा संघका केन्द्रीय सदस्य सन्दिप रोकाले जानकारी दिनुभयो ।